नेपाली कांग्रेसद्धारा तीन भ्रातृ संस्थाको महाधिवेशन गराउन निर्देशक समिति गठन
काठमाडौं ।
नेपाली कांग्रेसले तीन वटा भ्रातृ संस्थाहरूको महाधिवेशन गराउनको लागि निर्देशक समिति गठन गरेको छ । कांग्रेसले बुधबार विज्ञप्ति जारी गरेर नेपाल तरुण दल, नेपाल महिला संघ र नेपाल विद्यार्थी संघको महाधिवेशन २०८१ चैत महिनाभित्र अनिवार्य रुपमा गर्न निर्देशक समिति गठन गरेकने जनाएको छ ।
नेपाली कांग्रेसको भ्रातृ संस्था—नेपाल महिला संघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन २०८१ चैत्र मसान्त सम्ममा अनिवार्य रुपमा सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पु¥याई आवश्यक निर्देशन समेत गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ ९९० बमोेजिम भ्रातृ संस्थाहरूको “महाधिवेशन केन्द्रीय निर्देशन समिति” गठन गर्नु भएको छ, विज्ञप्तिमा उल्लेख छ ।
नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक सहमहामन्त्री उमाकान्त चौधरी तथा सदस्यमा केन्द्रीय सदस्य पुष्पा भुसाल र रुक्मिणी कोइराला रहेका छन् । नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ तथा सदस्यहरूमा केन्द्रीय सदस्य सरिता प्रसाई र केन्द्रीय सदस्य जीतजंग बस्नेत रहेका छन् ।
नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री किशोरसिंह राठौर तथा सदस्यमा केन्द्रीय सदस्य राजिव ढुंगाना र केन्द्रीय सदस्य प्रतिमा गौतम रहेमा छन् ।