2

Logo २०८३ बैशाख १४ सोमबार
आजदेखि सोह्रश्राद्द सकिने, भोलिदेखि बडादशै शुरु

आजदेखि सोह्रश्राद्द सकिने, भोलिदेखि बडादशै शुरु


Sabalnews प्रकाशित मिति : बुधबार, असोज १६ २०८१
1.5K

काठमाडौं ।

आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । गत असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्ष (स्रोह्रश्राद्द)को विधिवत् समापन हुँदैछ ।

आज औँसी श्राद्ध पनि हो । अन्य दिन रोकथुन भएकाले आज औशीमा श्राद्द गर्दछ्न् । औशी पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ ।कुनै कारणवश अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ ।

कुनै कारणवश रोकिए आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ । दशैँ, तिहार र छठजस्ता महान चाडवाडअघि पितृहरुलाई तृप्त गर्न एउटापक्ष भरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा छ । पितृपक्षको समाप्तिसँगै भोलिदेखि दुर्गापक्ष अर्थात् बडा दसैँ शुरु हुँदैछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com