2

Logo २०८३ बैशाख १४ सोमबार
बाटो खुलाउन सडकमै खटिए प्रजिअ अर्याल

बाटो खुलाउन सडकमै खटिए प्रजिअ अर्याल


Sabalnews प्रकाशित मिति : शनिबार, असोज १२ २०८१
1.5K

अर्घाखाँची ।

 केही दिन अगाडि अर्घाखाँची सरुवा भएका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल आफै बाटो खुलाउन सडकमा पुगेका छन ।

पछिल्लो केही दिन देखि निरन्तरको भारी वर्षाका कारण अर्घखाँची जिल्ला आउने र अन्यत्र जाने विभिन्न सडक खण्डको बिभिन्न स्थानहरूमा पहिरो गई सडक अवरुद्ध भएको र अवरोध हटाउने कार्यमा प्रजिअ अर्याल आफै सडकमा पुगेका हुन्।

जिल्लामा निरन्तरको वर्षाका कारण सडकहरूमा पहिरोको उच्च जोखिम रहेको हुँदा यस अवस्थामा अत्यन्तै जरूरी बाहेक जोखिमपूर्ण यात्रा नगर्न नगराउनु हुन शुक्रबारै बिज्ञप्ति मार्फत अनुरोध गदै सतर्कता अपनाउन आग्रह गरेका प्रजिअ अर्याल शनिबार बिहानदेखि खटिएका हुन् । यात्रा गर्नु पूर्व सडकको अवस्था बारे नजिकको सुरक्षा निकाय, सम्बन्धित पालिका, जिल्ला प्रशासन कार्यालय लगायत अन्य सम्बन्धित निकायबाट जानकारी लिई मात्र यात्रा गर्नु हुन समेत अनुरोध गरेका छन्।

निरन्तरको बर्षाले सदरमुकाम आउने र जाने बाटोमा अबरोध सिर्जना भई यात्रु बाटोमा अलपत्र परेका थिए । अबरोध हटाउन प्रजिअ अर्याल आफै बिहान देखि सडकमा पुगेका हुन् । शनिबार अबेरबाट पानी केही कम भएको र केही सडक भोलि उज्यालो भए संगै खुलाउने र अझ पनि पानी पर्न सक्ने हुँदा यात्रा नगर्न, गर्नैपरे सतर्कता अपनाउन र जोखिम भएका खोला खेत ढिकमा नजान अर्यालले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com