2

Logo २०८३ बैशाख १३ आइतबार
भारी वर्षातले पाल्पामा १८ घरपरिवार विस्थापित,सबैभन्दा बढी बर्षा पाल्पामा

भारी वर्षातले पाल्पामा १८ घरपरिवार विस्थापित,सबैभन्दा बढी बर्षा पाल्पामा


Sabalnews प्रकाशित मिति : शनिबार, असोज १२ २०८१
2.2K

पाल्पा ।
तीन दिनदेखि परेकाे भारी वर्षातले पाल्पामा १८ घरपरिवार विस्थापित बनेका छन् । जिल्लाकाे रैनादेवी छहरामा ६, तानसेनमा ९, रम्भा, बगनासकाली र निस्दी गाउँपालिकामा एक-एक परिवार विस्थापित बनेकाे प्रहरीले जनाएकाे छ ।
रैनादेवी छहराकाे वडा नं. १ का ५ परिवार बाढी र एक परिवार पहिराेबाट विस्थापित बनेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिनुभयाे । तानसेनकाे कैलाशनगरमा नाैँ घरपरिवार पहिराेकाे जाेखिममा परेकाे उहाँले जानकारी दिनुभयाे ।
जिल्लाका अधिकांश सडक अबरूद्ध छन् ।
अन्य क्षतिकाे विवरण भने आउन बाँकी छ । शनिबार बेलुकीदेखि पानी कम परेपनि पुन पानी आउन सक्ने भएकाले सतर्क रहन प्रहरी प्रशासनले अनुराेध गरेकाे छ । लुम्बिनी प्रदेशको सबैभन्दा बढी बर्षा पाल्पामा भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com