नेपाल भूतपूर्व सैनिक संघ रामपुरको अध्यक्षमा क्षेत्री
पाल्पा ।
नेपाल भूतपूर्व सैनिक संघ रामपुर नगर कार्यसमिति रामपुर पाल्पाको दोस्रो अधिवेशनले नगर स्तरीय नयाँ नेतृत्व चयन गरेको छ ।
नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको सभाहल गणेशमान स्मृति प्रतिष्ठान भवनमा भएको अधिवेशनले सुवेदार गणेश बहादुर क्षेत्रीको अध्यक्षतामा १२ सदस्यीय नेपाल भुपु सैनिक संघ रामपुर गठन गरेको छ ।
समितिको उपाध्यक्षमा क्याप्टेन हरी प्रसाद काफ्ले, सह-उपाध्यक्षमा गिरमान श्रेष्ठ, सचिवमा अनेरी नायव सुवेदार पूर्ण बहादुर राना, सहसचिवमा हवल्दार रामप्रसाद थापा, कोषाध्यक्षमा सुवेदार मन बहादुर रानालाई चयन गरेको छ । त्यस्तै समितिको सदस्यहरुमा सुवेदार बालु राना, हवल्दार देव बहादुर राना, नायक कुल बहादुर प्रधान, नायक दिल बहादुर सिंजाली, हवल्दार सोम बहादुर थापा र हवल्दार केश बहादुर मश्राङ्गी रहनु भएको छ ।
अधिवेशनका प्रमुख अतिथि रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले भूतपूर्व सैनिकहरुले समाज र पार्टीको लागि गरेको कामको प्रशंसा गर्नुभयो । लगनशील, अनुसाशन, मेहेनतको सिको भुपुबाट सिक्नुपर्ने बताउदै यो सक्रियता सदैब पार्टीका लागि आबश्यक रहने औल्याउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सभापति नेत्र प्रसाद भट्टराईले पार्टी संगै भातृसंगठनको गतिविधिलाई थप चलायमान बनाउन नगर समिति लागि परेको बताउनुभयो । नेपाल भूतपूर्व सैनिक संघका केन्द्रिय सदस्य सुवेदार केशर बहादुर खाँणले पार्टीको महत्वपूर्ण खम्बाको रुपमा रहेको भूपू सैनिक संघलाई परिचालन गरी अघि बढ्न सुझाव दिनुभयो । नेपाल भूतपूर्व सैनिक संघका पूर्व केन्द्रिय सदस्य क्याप्टेन धन बहादुर रानाले कांग्रेस पार्टीको लागि भूपू सैनिकले खेल्दै आएको भुमिकाको बारेमा वर्णन गर्नुभयो ।
नेपाल भूत पूर्व सैनिक संघ पाल्पाका उपाध्यक्ष क्याप्टेन देव बहादुर थापा मश्राङ्गीले संघको प्रत्येक पालिकामा संगठन विस्तार तथा पुर्नगठनको कार्य रामपुरबाट सुरु भएको र अन्य पालिकामा पनि छिट्टै गठन गर्ने तयार भईरहेको बताउनुभयो ।नेपाल भूतपूर्व सैनिक संघ पाल्पाका उपाध्यक्ष क्याप्टेन देव बहादुर थापा मश्राङ्गीको अध्यक्षता, नेपाल भूतपूर्व सैनिक संघ पाल्पाका सदस्य क्याप्टेन बल बहादुर जिसीको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला कार्यसमितिका सहसचिव अनेरी नायव सुवेदार तिल बहादुर रानाले गर्नु भएको हो ।