2

Logo २०८३ बैशाख १४ सोमबार
बैदिक सनातन हिन्दु धर्म सेवा समितिको २० औँ साधारणसभा सम्पन्न

बैदिक सनातन हिन्दु धर्म सेवा समितिको २० औँ साधारणसभा सम्पन्न


Sabalnews प्रकाशित मिति : शुक्रबार, भाद्र २८ २०८१
939

बैदिक सनातन हिन्दु धर्म सेवा समितिको २० औँ साधारणसभा सम्पन्न भएको छ |

समितिका अध्यक्ष श्री हरिभक्त अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सो साधारण सभामा प्रमुख अतिथीको रुपमा श्री उमाकान्त मरहट्टा रहनु भएको थियो भने बिशिष्ट अतिथीमा निलाम्बर उपाध्याय, श्रीसनातन सास्कृतिक सम्पदा संरक्षण संघका अध्यक्ष प्रेम निधी भारद्वाज र विश्व हिन्दु महासघं चितवनका अध्यक्ष प्रेम गैरे रहनु भएको थियो |

कार्यक्रमलाई सम्बोधन गर्दै अतिथीहरुले सनातनधर्म संरक्षण गर्नु सबैको दायित्व हो भन्दै हिन्दु धर्म प्रति भईरहेको प्रहारको सबै मिलेर प्रतिकार गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो | यसैक्रममा विशिष्ट अतिथी गैरेले गीत संगीतका नाम हाम्रा मौलिक चाडपर्वका अवसर पारेर ल्याएका गीतहरुमा भित्र्याईएका बिकृती प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै यसका बिरुद्ध हिन्दु महासंघ लाग्ने उदघोस गर्नु भयो |

यसैगरी सभालाई सम्बोधन गर्दै श्रीसनातन संस्कृती संरक्षण अभियानका अभियन्ता प्रेम निधी भारद्वाजले यस मुलुक सनातनीहरुको बाहुल्यता हुदाँहुदै पनि हामी गौ बंशको रक्षा गर्न नसकेको बताउनु भयो| हाम्रो सनातन संस्कृतीसंको मुला जरो भनेकै देवालय भएकोले देवालयमा बालक, युवाहरुलाई आकर्षित गर्नु पर्नेमा जोड दिनु भयो |

सम्पूर्ण देवालयहरुमा ६ वटा समितिको आबश्यकता औल्याउदै बालबालिका, यूवायुवती लगायत वृद्ध बुवा आमा समेतको छुट्टा छुट्टै समिति बन्नपर्ने उल्लेख गर्नुभयो | सबै सनातानीको मुल देवता एउटै हो भन्दै उँहाले भन्नु भयो; “ जबसम्म देवालायाभित्र मठ, मन्दिर, गुम्बा, गुरुद्वाराभित्र हाम्रो संस्कृतिको महत्व तथा हामी नेपालमा जन्मेका सम्पूर्ण जातजाती यौटै धर्ममा आस्था राख्छौ भन्ने कुराको प्रमाण दिन सक्दैनौ तबसम्म तपाईहामी बिचमा फुटेर राजनीति गर्ने र फुटाएर राजनीति गर्ने प्रयन्त भइ राख्छ |”

कार्यक्रमलाई क्षेत्रीय अध्यक्ष शम्भु धिताल, गीतादेवी भट्टराई तथा मन्दिरका तर्फबाट रुम बहादुर खनालले सम्बोधन गर्नु भएको थियो | सभामा समितिका सचिव सोमनाथ अधिकारीले समितिको बार्षिक आयव्यय बिवरण प्रस्तुत गर्नु भएको थियो |

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com