2

Logo २०८३ बैशाख १३ आइतबार
वडाले महिलालाई दियो मादल बजाउने तालिम

वडाले महिलालाई दियो मादल बजाउने तालिम


Sabalnews प्रकाशित मिति : मंगलबार, माघ २८ २०८२
218

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिका वडा नं ७ का महिलालाई मादल बजाउन सिकाईएको छ । मौलिक कलाको संरक्षण र गाउँघरमा मादल बजाउनेको अभाव खड्किदै गएपछि वडाले मादल बजाउने सीप सिकाएको हो ।

पछिल्लो समय मादल बजाउने सीप हराउन थालेपछि दिगो संरक्षणका लागि महिलाहरुलाई तालिम दिइएको वडा अध्यक्ष दोबराज तिवारीले बताउनुभयो । वडाका सबै टोलबाट महिलाको प्रतिनिधित्व हुने माघ २२ गतेदेखि चलेको तालिम १० दिनसम्म सञ्चालन हुनेछ ।

गीत संगीतको क्षेत्रमा अत्यावश्यक बाध्यबाधनको रुपमा चिनिने मादल बजाउने सीप सिकेपछि गाउँघरमा हुने कार्यक्रम, भजनकृतन, बिहे रत्यौली तथा बनभोजका कार्यक्रममा पुरुषको नै भरपर्नु पर्ने अबस्था रहदैन । पछिल्लो समय युवाहरु विदेश जाने या शहर पढ्न जाने हुदाँ गाउँघरमा महिलाले गर्न सक्छन् भन्ने ध्ययले तालिम चलाइएको हो ।

तालिममा वडाभित्रका विभिन्न टोल,वस्तीमा रहेका महिला र आमा समुहका गरि ३६ जनाको सहभागिता रहेको छ । पछिल्लो समय मौलिक कला संस्कृतिको लोप हुनथालेको भन्दै वडा कार्यालय संस्कृति संरक्षणमा जुटेको वडाध्यक्ष तिवारीले बताउनुभयो ।

गाउँघरमा हुने भजन किर्तनमा मादल बजाउनेको अभाब हुने र सिप भएको मान्छेको खोजी गर्नुपर्ने बाध्यताको अन्त्य गर्न तालिमले सहयोग पूग्ने स्थानीय मुक्ति भट्टराईले बताउनुभयो । तालिममा मादल बजाउने सीपका मादलका ताल बारेमा  कलाकार तथा बाद्यबादक हुम बि.सीले ज्ञान सिप सिकाउनुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com