2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा आत्महत्याका घटना बढ्दो

पाल्पामा आत्महत्याका घटना बढ्दो


Sabalnews प्रकाशित मिति : बुधबार, भाद्र २६ २०८१
1.2K

पाल्पा ।

पाल्पामा आत्महत्याका घटनामा वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा गत आव २०८०/०८१ मा आत्महत्या गर्नेको संख्या बढेको हो । घरायासी समस्या, आवेग, डिप्रेसन, दीर्घरोग, प्रेममा वियोगलगायतका कारणले आत्महत्या बढेको प्रहरीले जनाएको छ ।

अघिल्लो आव २०७९ /०८० मा जिल्लाभर ६७ जनाले आत्महत्या गरेकामा गत आव २०८०/०८१ मा ८८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अघिल्लो आवको तुलनामा २१ जना बढीले आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । तुलनात्मक रुपमा ४० वर्ष माथिका मानिसले बढी आत्महत्या गर्ने गरेको उहाँले बताउनुभयो ।

गत आवमा ४० वर्षभन्दा माथिका ४८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । जबकी अघिल्लो आवमा यो उमेर समूहका ४० जनाले मात्र आत्महत्या गरेका थिए । ४० वर्षभन्दा माथि आत्महत्या गर्ने मानिस दीर्घरोगी, पारिवारिक समस्यामा रहेका, डिप्रेसनका औषधि सेवन गरेका रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय गरिवीका कारण पारिवारिक समस्यामा परेका मानिसले पनि आत्महत्याको बाटो रोजेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने अवस्था आउदा आत्महत्या गरेको अनुसन्धानमा खुलेको उहाँले बताउनुभयो ।

यस्तै पछिल्लो समय आत्महत्या गर्ने किशोर–किशोरी पनि बढेका छन् । गत आव २०८०/०८१ मा सात जना बालबालिकासहित किशोर–किशोरीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यो सङ्ख्या अघिल्लो आवको तुलनामा ४ जनाले बढी हो ।

मानिस विभिन्न समस्यामा पर्दा समयमै उचित परामर्शको अभावमा पनि आत्महत्या बढेको छ । समस्यामा परेको बेलामा उचित सल्लाह र साथ नपाएपछि आत्महत्या गर्ने गरेको प्रहरीको दावी छ । एक्लै बस्ने प्रचलन, एकको पीरमर्का अर्कालाई नभन्ने वा नसुन्दिने प्रवृत्ति बढेकाले पनि आत्महत्याको दर बढेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com