2

Logo २०८३ बैशाख १४ सोमबार
बलात्कार मुद्दामा सिद्धबाबालाई अदालतबाट सफाइ

बलात्कार मुद्दामा सिद्धबाबालाई अदालतबाट सफाइ


Sabalnews प्रकाशित मिति : मंगलबार, भाद्र २५ २०८१
239

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले उच्च अदालत विराटनगरबाट पनि सफाइ पाएका छन्। बलात्कार मुद्दामा अडियो रेकर्ड परीक्षण गर्ने प्रविधिकको विज्ञतामा प्रश्न उठाउँदै जिल्ला अदालत सुनसरीले उनलाई सफाइ दिएको थियो।

जिल्लाको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको थियो। मंगलबार उच्च अदालत विराटनगरका न्यायाधीश विमल सुवेदी र राजेन्द्र अधिकारीको संयुक्त इजलासले जिल्लाको फैसला सदर गरेको हो।

२०७६ कात्तिक दोस्रो साता राति साढे १२ बजे चतरास्थित आश्रममा कृष्णबहादुर गिरीले जवरजस्तीकरणी गरेको दाबीसहित उनकै अनुयायीले प्रहरीमा जाहेरी दिएकी थिइन्।

अनुयायी बलात्कार आरोपको मुद्दामा जिल्ला अदालत सुनसरीले गत २७ भदौ २०८०मा गिरीलाई सफाइ दिएको थियो।

त्यसअघि २२ मंसिर २०७७ मा जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश (हाल उच्च अदालतका न्यायाधीश) अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो। तर, उच्च अदालत विराटनगरले पुन: प्रमाण बुझेर फैसला गर्नु भन्दै जिल्लामै मुद्दा फर्काइदिएपछि जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले २७ भदौ २०८० मा सफाइ दिएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com