पूर्वखोला अन्तर्गतका स्वास्थ्य संस्थाहरुको बार्षिक समिक्षा सम्पन्न
पाल्पा ।
पूर्वखोला गाउँपालिकाले गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुको बार्षिक समिक्षा कार्यक्रम गरेको छ । आ.व. २०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रम अन्तर्गत पालिका भित्र रहेका स्वास्थ्य सस्थाले बर्षभरिको काम, सेवा र अभियानबारे जानकारी दिएका थिए ।
गाउँपालिका उपाध्यक्ष भागीरथी शर्मा भट्टराईले स्वास्थ्य सेवा, राष्ट्रिय खोप तथा विविध अभियानले स्वास्थ्यमा सुधार र सरसफाइमा पालिकाबासीको ध्यान गएको बताउनुभयो ।

आ.व. २०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रममा बिभिन्न स्वास्थ्य सम्बन्धि सूचकहरुको आधारमा पूर्वखोला -५, विरकोट स्वास्थ्य चौकी प्रथम, पूर्वखोला-२, जल्पा स्वास्थ्य चौकी द्वितीय र पूर्वखोला-३, रिङनेरह स्वास्थ्य चौकी तृतीय हुन सफल भएका छन । ती स्वास्थ्य सस्थालाई सम्मान प्रदान गरिएको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।