प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने
काठमाडौं ।
नबनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहे अनुसार ओलीले बिश्वासको मत लिन लागेका हुन।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले आइतबार (साउन ६ गते) विश्वासको मत लिनेछन् । देशबासीका नाममा सम्बोधन समेत हुनेछ ।
प्रधानमन्त्री ओली असार ३० मा नियुक्ति र गत सोमबार अर्थात् असार ३१ गते शपथ ग्रहण गरेर पद बहाली गरेका हुन् । नेपाली काँग्रेस सहित अन्य दलको समर्थनमा ओलि प्रधानमन्त्री भएका हुन्।