नेपाली काङ्ग्रेस रामपुरको छैठौं घुम्ती बैठक ६ नम्बर वडामा सम्पन्न
पाल्पा ।
नेपाली काङ्ग्रेस रामपुरको आयोजनामा घुम्ती बैठक रामपुर ६ बिजयपुरमा बसेको छ । नेपाली काङ्ग्रेसका नेता गिरिजा प्रसाद कोईरालाको १०१ औं जन्मजयन्तीको अबसर पारेर बसेको घुम्ती बैठकमा काङ्ग्रेस पार्टीको इतिहास, सङघर्ष र राज्यको हरेक परिवर्तनमा काङ्ग्रेसकै महत्त्वपूर्ण भुमिकाको बारेमा बोल्दै पार्टीलाई बैचारिक र सुदृढ बनाएर लैजान पर्नेमा बत्ताहरुले जोड दिएका थिए ।

नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले काङ्ग्रेस बिचार, ईतिहास, परिपक्क र उदार भएर नै निरन्तर राज्य परिवर्तनमा भुमिका खेल्दै आएको बताउनुभयो । उहाँले मिसन ८४/८५ सहित आएका दल क्षणिक हुने बताउदै पार्टी र बिकास दिगो सोचेर लाग्नेहरु सदैव सफल भएको बताउनुभयो । उहाँले देशमा राजनितिक परिवर्तन भईराख्ने उल्लेख गर्नुहुँदै राम्रोको लागि हरेक दल र अबस्था सुदृढ बनाउन समीकरण हुने गरेको बताउनुभयो ।

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्ण प्रसाद अधिकारीले युवालाई रोजगार र आम्दानी संग जोड्नुपर्ने बताउनुभयो ।

खरका छाना रहित घर, ३ करोड खर्च गरेर उज्यालो शहर , ढल रहितको शहर, १०० पर्यटकीय गन्तव्यमा तालपोखरा, जेष्ठ नागरिक स्कुल, गौशाला निर्माण, हाइटेक, शितभण्डार, २५ किलोमिटर बाटो पक्की तथा मर्मत, दरैठाटी नमुना विद्यालयको विकास र हल,२ वटा एम्बुलेन्स, युवा स्वरोजगार अनुदानबाट ३० लाख सम्म व्याज अनुदान जस्ता धेरै नमुना योग्य काम नगरले गरेको बताउनुभयो । केही गरेको छैन भन्नेहरुलाई हामीले गरेका कामको चर्चा गर्न उहाँले आग्रह गर्नुभयो ।

नगर उपप्रमुख बालकुमारी थापाले योजना र नागरिकको मर्म अनुरुप काम गर्दै जानु महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
नेपाली काङ्ग्रेसका पुर्व जिल्ला सचिव माधब नेपालले जनतालाई सर्वपरी ठानेर समृद्धि र न्यायका लागि बैचारिक सन्देश बोकेको पाटी काङ्ग्रेस भएको बताउनुभयो ।
नेपाली काङ्ग्रेसका नगर सभापति नेत्र प्रसाद भट्टराईले एजेण्डाका बिषयमा स्पष्ट पार्दै बैठक नियमित र बिषयबस्तुलाई निखार ल्याउदै पार्टीलाई मजबुत बनाउन घुम्ती बैठक आयोजना गरेको बताउनुभयो । नगरले स्तरीय समितिले हरेक वडामा मासिक बैठक बसेर गुनासो जिज्ञासाबाट आम कार्यकर्ता सम्म पुग्ने र पार्टीको चर्चा र भएका मत बिचारलाई छलफल गरेर सुधार्दै अघि बढ्ने प्रयत्न भएको उहाँले बताउनुभयो ।

पुष्प रोड देखि खानेपानी व्यबस्थापन, शब दहन स्थल प्रतीक्षालय, वडामा अनिवार्य प्राबिधिकको व्यबस्था गरेर काम दिलाउने हो भने उपलब्धि देखिने भन्दै पार्टीले नगर प्रमुखलाई बुदा समेटेर सुझाब समेत हस्तान्तरण गरेको छ ।
रामपुर नगरपालिका ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले स्थानीय तह वडा तहमा जनप्रतिनिधिले गरेका काम र आम नागरिकका चाहाना तथा समन्वय बारेमा बोल्नुभएको थियो ।
बैठकमा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरु हुमनाथ न्यौपाने, रमेश ढकाल, सुन्दर देवकोटा, देव ब थापा, भलाबिक्रम सिं, बिष्णु माया ढकाल, बुद्दीप्रकाश पङ्गेनी लगायतले जिज्ञासा राख्नुभएको थियो ।
नेपाली काङ्ग्रेस रामपुर वडा नम्बर ६ का सभापति गोबिन्द देवकोटाको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन काङ्ग्रेस नगर सचिव चिरिन्जिबी सिग्देलले गर्नुभएको हो ।

