2

Logo २०८३ बैशाख १४ सोमबार
रामपुर ५ को योजनाको समिक्षा तथा उत्कृष्ट योजनाका पदाधिकारी सम्मान

रामपुर ५ को योजनाको समिक्षा तथा उत्कृष्ट योजनाका पदाधिकारी सम्मान


Sabalnews प्रकाशित मिति : आइतबार, असार १७ २०८१
2.1K

पाल्पा ।

रामपुर नगरपालिका वडा नम्बर ५ ले आर्थिक बर्ष २०८०/०८१ मा वडामा संचालित योजना तथा कार्यक्रमको बार्षिक समिक्षा गरेको छ ।

वडा कार्यालयले वडामा क्रियाशिल टोल बिकास सस्था, संचालित योजनाका समितिका पदाधिकारी, जनप्रतिनिधि तथा सरोकारवाला बिच अन्तरक्रिया सहित समिक्षा र सम्मान कार्यक्रम गरेको हो ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले थोरै लगानीबाट राम्रो काम गरेको उदाहरण केही योजनामा भएकोले आफ्नो घर गाउँ टोल हुँदै देश बनाउने अभियानमा उपभोक्ता समिति संगै स्थानीय नागरिकले चासो दिनुपर्ने बताउनुभयो ।

नागरिकको अपेक्षा स्थानीय सरकार संग धेरै हुने र भने जति काम एकैपटक सबै ठाउँमा गर्न नसकिने हुँदा नागरिक रिसाउने झर्कने र तथानाम भन्ने गरेको प्रति इन्कित गर्दै उहाँले प्राथमिकता, राम्रो र नमुना कार्यमा सबैले साथ दिनुपर्ने बताउनुभयो । राज्यको लगानी बास्तबमा नागरिकका आफ्नै लगानी हुने भएकोले भए गरेका काममा बिरोध नगरि गुणस्तरीय काम गर्न उपभोक्ता स्थानीयले ठेकेदार, प्राविधिक र स्थानीय तहलाई सहयोग गर्दै अघि बढ्न अनुरोध गर्नुभयो ।

रामपुर ५ नगरको केन्द्र, बढी जनघनत्व र नागरिक समेत भएकोले प्रदेश सरकारको २६ करोडको कामको शुरुवात भएको र बजारमा बत्ती, सिसी क्यामरा जडान सहित बजार क्षेत्रलाई मध्यनजर गर्दै काम यसबर्ष थप गृने थापाले उल्लेख गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले आर्थिक बर्ष २०८०/०८१ का वडाका सबै योजनाको काम भएको बताउनुभयो । उहाँले एउटा योजनाको मात्र भुक्तानी बाकी रहेको उल्लेख गर्दै सबै योजना सम्पन्न गर्न वडा सफल भएको बताउनुभयो । वडाअध्यक्ष पोखरेलले वडाबाट यस आबमा भएका काम, कार्यालयले दिएको सेवाबारे जानकारी गराउनुभएको थियो । योजना र कार्यक्रमबारे समिक्षा गर्दै उहाँले वडाबाट यसबर्ष सार्वजनिक जग्गा छुट्याउने देखि व्यबस्थापन, २६ करोड७१ लाखमध्य पहिलो चरणको ८ करोडको कामको थालनी गरिएको वडा, नगर, प्रदेश र केन्द्रको बजेटबाट राम्रा कामहरु भएको बताउदै योजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

वडा सदस्य युवराज शाहीले वडाबासीको सहयोग र समन्वयकै कारण योजना कार्यान्वयनमा सहयोग पुगेको बताउदै राम्रा काम र योजनामा सबै एकजुट भएर वडा बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम शालिकराम सिग्देल, बुद्धि प्रकाश रेग्मी, डिल्लिराम भन्डारी सहितका सहभागीहरुले जिज्ञासा राख्दै योजना समयमै शुरु गर्न, गुणस्तर कायम गर्न र नियमित अनुगमन बढाउन तथा नयाँ अत्याबश्यक योजनामा ध्यान दिन सुझाएका थिए ।
सोही अबसरमा वडा कार्यालयले गतबर्ष र यसबर्ष सम्पन्न उत्कृष्ट योजनाका पदाधिकारीलाई सम्मान गरेको छ ।
वडा नम्बर ५ का योजनाहरु मध्य राङभाङ प्रतिक्षालय निर्माण समिती,
रामपुर सहकारी पाश्चिम नाली निर्माण, हेरा कुलो मर्मत, देउराली धारा मर्मत,दुरापानी पधेरो निर्माण, सार्वजनिक जग्गा संरक्षण समिति, कर्मचारी दिवाकर गिरी उत्कृष्ट भएर सम्मानित हुनुभयो । गतबर्ष २०७९/०८० मा मिलिजुली आमा समुह भवन निर्माण र कोइलीटारी आमा समुह सम्मानित हुनुभएको छ ।
वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भेको कार्यक्रमको संचालन वडा सहायक बासुदेव ढकालले गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com