2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुरमा रोजगार रणनितिको प्रारम्भिक मस्यौदामा छलफल, नगर स्तरीय रोजगार संवाद मञ्च गठन

रामपुरमा रोजगार रणनितिको प्रारम्भिक मस्यौदामा छलफल, नगर स्तरीय रोजगार संवाद मञ्च गठन


Sabalnews प्रकाशित मिति : मंगलबार, असार १२ २०८१
946

पाल्पा ।

रामपुर नगरपालिकामा रोजगार रणनितिको प्रारम्भिक मस्यौदामा छलफल तथा नगर स्तरीय रोजगार संवाद मञ्चको गठन भएको छ ।

रामपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख कपिल बहादुर खाणको अध्यक्षतामा बसेको बैठकको छलफलमा जनप्रतिनिधि, नगरका विभिन्न संघ संस्थाका पदाधिकारी सरोकारवालाको सहभागितामा थियो ।

बैठकमा बोल्दै खाणले अधिकतम रोजगारी कसरी सिर्जना गर्न सकिन्छ, उपलब्ध रोजगारलाई व्यवस्थित कसरी गर्न सकिन्छ र नगरबासीको आयआर्जनलाई कसरी वृद्धि गर्न सकिन्छ भन्ने बिषयमा ध्यान दिदै रोजगार रणनिति बनाउनुपर्नेमा जोड दिनुभयो । ध्यान, सोच, मन दिएर सहभागी भएजस्तै अन्य पालिका र सस्थाले पनि अनुसरण गर्ने गरि तयारी गर्नुपर्ने उहाँले बताउनुभयो ।

रामपुर नगरपालिकाका रोजगार संयोजक गणेश प्रसाद रेग्मीले रोजगार रणनितिको प्रारम्भिक मस्यौदाका खाका प्रस्तुत गर्दै यसलाई नगरको समग्र रोजगार रणनिति निर्माण र रोजगारी अबलम्बनले हुने आर्थिक बृद्धि तथा समुन्नत रामपुर बनाउन जोड दिने गरि रणनितिलाई अन्तिम रुप दिनुपर्ने बताउनुभयो । रोजगार सँग सम्बन्धित बिषय, बेरोजगार जनशक्ति र रोजगारदाताहरुबीच समन्वय गर्न, नगरपालिका क्षेत्रमा रोजगारीको अवसर तथा सम्भावनाको पहिचान गर्न, समस्याहरुको निदान र रोजगारी सिर्जना गर्न, रोजगारी सिर्जनाका उपाय नगरपालिका र अन्य सरोकारवालाको समन्वम र सहकार्यमा रोजगाारीका क्षेत्र पहिचान गर्न गरि अघि बढ्ने रणनैतिक योजनामा छलफल भएको हो । छलफलबाट विविध बिषयमा सुझाब आएको छ ।

जनप्रतिनिधि, बिषयगत समिति, बिषयगत शाखा तथा सरोकारवालाबाट आएको सुझाबलाई अन्तिम रुप दिएर रामपुरको रोजगार रणनीति तय गर्ने रोजगार संयोजक रेग्मीले जानकारी दिनुभयो ।

स्थानीय तहभित्र रोजगारीको अवसर तथा सम्भावनाहरुको पहिचान, बेरोजगारीको समस्या र समाधान एंव रोजगारी सिर्जनाका उपाय, ढाँचा तथा विधिहरुको विकास, आवश्यक नीति, रणनीति, कार्यनीति, योजना तथा कार्यक्रम तर्जुमा, परामर्श र सहयोग गर्ने, आन्तरिक रोजगारीलाई प्रवर्द्धन, तथ्यांक संकलन, प्रशोधन, अध्ययन, प्रकाशन, स्थानीय रोजगारदाताको प्रोफाइल निर्माणमा सहजीकरण ,श्रम बजारको माग बमोजिम रोजगारमूलक तथा सीपमूलक तालिम सञ्चालन अन्य सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र वा त्यस्ता अन्य निकायद्वारा सञ्चालित कार्यक्रमहरुसँग समन्वय सहकार्य र सहजीकरण, श्रम बजारको माग र आफूर्ति सन्तुलन रोजगार सेवा केन्द्रलाई आवश्यक राय, सुझाव, रोजगार विनिमय सेवा, उद्यमशिलता विकास, सुरक्षित आप्रवासन तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई पुनःएकीकरण लगायतका विषयमा एकीकृत रुपमा सेवा प्रवाह गर्न नगर स्तरीय रोजगार संवाद मञ्चको गठन भएको छ ।

रोजगार मञ्च संचालन तथा व्यबस्थापन कार्यबिधी २०८१ अन्तर्गत नगर प्रमुख संयोजक रहने गरी ९ सदस्यीय समिति गठन गरिएको छ जसको सदस्यहरुमा नगरपालिकाको आर्थिक विकास समितिको संयोजक, सामाजिक विकास समिति संयोजक, रामपुर उद्योग वाणिज्य संघको अध्यक्ष वा प्रतिनिधि, नगरपालिकामा रहेको गैरसरकारी संस्थाबाट एक जना प्रतिनिधि, नगरपालिकामा आवद्ध वा कार्यरत निर्माण व्यवसायीबाट एक जना, नगरपालिकास्तरीय सहकारी संजालबाट एक जना, नगरपालिका भित्र रहेको घरेलु तथा साना उद्योग सञ्चालक अथवा तालिम प्रदायक संस्थाबाट एक जना र नगरपालिकाका रोजगार संयोजक सदस्य सचिव रहने गरी समिति गठन भएको छ ।

मञ्चको काम, कर्तव्य र अधिकार विषयमा रोजगार शाखा संयोजक गणेश प्रसाद रेग्मीले जानकारी दिनुभएको रोजगार सहायक चिरिञ्जिबि सिग्देलले बताउनुभयो । बैठकको संचालन नगरपालिकाका योजना शाखा प्रमुख बिक्रम बस्नेतले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com