शुद्धोधनमा योग र स्वस्थ जिवनशैलीबारे प्रशिक्षण
रुपन्देही ।
शुद्धोधन गाउँपालिकामा योग दिवसको अबसर पारेर चलेको योग कार्यक्रम सकिएको छ ।
गाउँपालिकाको आयुर्वेद शाखाको आयोजनामा भएको कार्यक्रममा योग र स्वस्थ जिवनशैली बारे प्रशिक्षण चलेको थियो । २ दिनसम्म चलेको योग तथा स्वस्थ जीवनशैली कार्यक्रममा मानव स्वास्थ्य र सहज सरल जीवन तथा स्वस्थताबारेमा जानकारी दिइएको थियो ।
योग तथा स्वस्थ जिवनशैली कक्षा विशेष कार्यक्रम गरी आयोजना गरिएको समापन कार्यक्रममा बोल्ने बक्ताले नियमित योग र स्वस्थ खाना र जिवनशैलीको महत्त्व बारे चर्चा गर्नुभएको थियो ।
नियमित योगले स्वस्थ संगै फ़ुर्तिलो र जागरपना बढाउने हुँदा यस प्रति प्रेरित गर्न योग प्रशिक्षण राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले बताउनुभयो ।