रामपुर नगरपालिकाद्दारा किसानलाई कागती र सुन्तलाको बिरुवा बितरण
पाल्पा ।
रामपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई कागती र सुन्तलाको बिरुवा बितरण गरेको छ ।
कृषि शाखाबाट किसानका माग निदेवनका आधारमा कागती र सुन्तला गरि २१ सय बिरुवा बितरण गरेको रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।
बिरुवा बितरण गर्दै थापाले विशेष गरि रामपुरका डाडा भेगमा सुन्तला कागती राम्रो हुने भएकोले यसअघि नै निबेदन माग गरेको आधारमा किसान बिरुवा बितरण गरिएको हो । फलफुल र सौन्दर्यजन्य बिरुवा रोपणमा नगरले बिगतदेखी नै जोड दिएको बताउदै उहाँले बजारको माग पनि राम्रो रहेकोले कागती सुन्तला सहित अन्य फलफुल लगाएर स्थानीय उत्पादन बढाउन किसानलाई अनुरोध गर्नुभयो । उपप्रमुख बालकुमारी थापाले बिरुवा जगाउन र नगरमा उत्पादन बढाउन अनुरोध गर्नुभयो ।

रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायण गैरेले गत जेठ ८ गते प्रकाशित सुचनाको आधारमा किसानले माग गरेका २१०० बिरुवा बितरण गरेको बताउनुभयो । प्रति बिरुवा १५० पर्ने कागती र सुन्तलालाई ५० प्रतिशत अनुदानमा ७५ रुपयाका दरले ११०० बोट कागती र १ हजार बोट सुन्तला रामपुर १,२ र ७ का किसानलाई बितरण गरेको गैरेले बताउनुभयो ।
कृषि शाखाले गरेको सुचनाको आधारमा निबेदन दिएका २८ किसानलाई कम्तिमा २ रोपनी क्षेत्रफलमा लगाउने गरि बिरुवा बितरण गरेको नगरपालिका कृषि शाखाले जनाएको छ ।

