कर्णाली नदी पुलमा फसेका खच्चड नदीमा खसालेर उद्दार
कर्णाली । -फाइल तस्बिर
अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदी पुलमा फसेका खच्चडलाई नदीमा खसालेर उद्दार गरिएको छ । पुलको लठ्ठा काटेर नदीमा खसाएर उद्दार मात्र सम्भव भएको हो । दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहितले उद्दारमा तिब्रता दिएको र ५ वटा खसालिएको जानकारी दिनुभयो ।
पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर फसेका खच्चडलाई नदीमा खसाल्न थालिएको जानकारी हो । ‘अहिलेसम्म ५ वटा खसालिएको छ । बाँकी खच्चड पनि खसाल्न तार काटिँदै छ’, उनले भने, ‘तल नदीमा डुंगा राखेर निकाल्ने काम भइरहेको छ । अरु उपाय सम्भव भएन ।’
साउदका अनुसार पुलमा ५ जना व्यापारीका १६ वटा खच्चड फसेका छन् । नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको स्थानीयले दाबी गरेका छन् ।
यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुल अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्दछ ।