लायन्स क्लब अफ रामपुरद्धारा कालिगण्डकी आखा अस्पतालमा प्रतिक्षालय निर्माण
पाल्पा ।
लायन्स क्लब अफ रामपुर पाल्पाले कालीगण्डकी आँखा जाँच तथा सर्जिकल अस्पताल रामपुरको भवन परिषरमा प्रतिक्षालय निर्माण गरेको छ । लायन्स क्लब रामपुरको सक्रियता र NLF को सहयोगमा रामपुर ७ किसानबारीमा रहेको आखाँ अस्पतालमा २ वटा प्रतिक्षालय निर्माण गरेको हो ।
प्रतिक्षालयको रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले उद्घाटन गर्नुहुदै बिरामीको भिडभाड र सहज बसाईका लागि प्रतिक्षालय फलदायी हुने बताउनुभयो । उहाँले पुण्यकार्यमा लायन्स लागेको बताउदै समृद्ध नगर बनाउन सबैले आफ्नो ठाउँबाट सहयोग र सहकार्य गर्नुपर्ने र लायन्सको काममा नगरले सदैव साथ दिने बताउनुभयो ।

लायन्स बर्ष २०२३/०२४ का अध्यक्ष लायन खेम नारायण काफ्ले (अमृत)को अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष डिष्टिक मेम्बर लायन भोजेद्रप्रकाश ढकालले सस्था स्थापना कालदेखि अहिले नौ बर्ष सम्म निरन्तर सामाजिक कार्य गर्दै आएकोमा गौरव लागेको र भबिष्यमा अझ सक्रिय भएर लाग्ने बताउनुभयो । डा.ज्ञानेन्द्र लामिछानेले लायन्स क्लबले आखाको चेकजाँच, दीर्घकालीन रोगको परीक्षण, सुगर, प्रेसर साथै बिभिन्न स्कूलमा शैक्षिक सामाग्री बितरण, दैबी प्रकोपमा तत्काल उद्धार, राहत बितरण गर्दै आएको र जुनसुकै कठिन परिस्थितिमा लायन्स क्लब अघि सर्नु यसको पहिचान भएको बताउनुभयो ।
आखा अस्पतालका अध्यक्ष भिमविश्व भट्रराई, नेपाली काग्रेसका नगर सभापति नेत्र प्रसाद भट्टराईले क्लबले सामाजिक सेवामा अग्रपंक्तिमा रही काम गर्दै आइरहेको बताउनु भयो । रामपुर वडा नम्बर २ का वडाध्यक्ष कृष्णबहादुर दर्जी पुर्ब अध्यक्ष तथा लायनहरुको सहभागीता रहेको थियो ।
लायन्स क्लबका सक्रिय सदस्य लायन बुद्धिबल रानाको स्मृतिमा क्लबले उहाँको योगदान र सम्झना स्वरुप नवनिर्मित प्रतिक्षालयमध्ये एउटा प्रतिक्षालय स्व. बुद्धिबल राना प्रतिक्षालय समेत नामाकरण गरेको छ ।
लायन बर्ष २३/२४ का प्रथम उपाध्यक्ष लायन राम प्रसाद ढकालको स्वागतबाट सुरु भएको कार्यक्रम लायन्स बर्र्ष २०२३/०२४ मा नेपाल लायन्स फाउन्डेसनबाट २५ हजार रुपँया रकम सहयोग प्राप्त भयको थियो । सोही रकमबाट प्रतिक्षालय निर्माण थालनी भएको हो । सोही अबसरमा लायन्स क्लब अफ रामपुरले निरन्तर र फरक सामाजिक काम गर्ने प्रतिबद्धता गरेको छ । कार्यक्रम सञ्चालन लायन्स क्लबका सचिब लायन मोहमद असगर अलिले गर्नुभएको थियो ।