2

Logo २०८३ बैशाख १३ आइतबार
शहरी स्वास्थ्य केन्द्रको सेवा प्रवाह प्रभावकारी बन्दै

शहरी स्वास्थ्य केन्द्रको सेवा प्रवाह प्रभावकारी बन्दै


Sabalnews प्रकाशित मिति : बुधबार, जेष्ठ ९ २०८१
1.5K

पाल्पा ।

शहरी स्वास्थ्य केन्द्र रामपुर नगरपालिका १० गेझाको सेवा प्रवाह प्रभावकारी बन्दै गएको छ ।

मुना स्मृति भवनमा सञ्चालित शहरी स्वास्थ्य केन्द्रबाट यस बर्ष २ हजार ३ सय २३ जनाले विभिन्न सेवा लिएका छन् ।
जगटेआँप शहरी स्वास्थ्य केन्द्रबाट ओपिडी सेवा, जनरल सेवा, गर्भवती जाँच सेवा, पोषण सेवा, विभिन्न खोप सेवा तथा अभियानमा चल्दै आएको छ । सरकारी स्वास्थ्य सेवाप्रति पछिल्लो समय नागरिकको विश्वास बढ्दै गएको स्वास्थ्य केन्द्रका प्रमुख जगन्नाथ भण्डारीले बताउनुभयो । यस केन्द्रबाट नियमित बिरामी जाच परामर्श तथा ४८ प्रकारका औषधी पाइन्छ ।

२०७२ साल फागुन २५ गते स्थापना भएको यस स्वास्थ्य केन्द्रले निरन्तर सेवा दिदै आएको छ । विशेष गरि रामपुर नगरपालिका वडा नम्बर १० र स्याङजाको केही भागका नागरिक यहाँ औषधी उपचारका लागि आउने गरेका छन् । गेझाका दुर्गा मन्दिर टोल, धन्सार टोल, रामटार टोल, सिकोडाँडा, मरेनडाडा, कुमाल गाउँ, बरभञ्याङ, स्वामीभञ्याङ लगायत छिमेकी स्याङजाको सम्पास, आपचौंर लगायतका विरामी समेत यहाँ आउने गरेका छन् ।

यसको सेवा विस्तार र चुस्त सेवाका लागि अझ स्वास्थ्य केन्द्रको आफ्नै भवन आबश्यक रहेको स्थानीयले औल्याएका छन् । रिमडाँडामा स्थानीयले दिएको जग्गामा भवन निर्माण गर्ने भनिएपनि प्रक्रियामा नै रहेको छ । यसको थप सेवा विस्तार र स्तरीय सेवाका लागि आफ्नै भवन भए सेवाग्राहीलाई सहज हुने स्थानीय कृष्ण प्रसाद अधिकारीले बताउनुभयो । रामपुर १० बर्दलेमा रहको स्वास्थ्य चौकीले पनि नियमित सेवा दिदै आएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com