2

Logo २०८३ बैशाख १४ सोमबार
रामपुर १० मा योजना संकलन

रामपुर १० मा योजना संकलन


उपेन्द्र अधिकारी प्रकाशित मिति : बुधबार, जेष्ठ ९ २०८१
1.5K

पाल्पा ।

आगामी आर्थिक बर्षका लागि रामपुर नगरपालिका १० मा योजना संकलनको काम भएको छ । दुर्गा मन्दिर टोलमा बसेको टोलबासीको भेलाले आबश्यकताको आधारमा योजना प्राथमिकताका साथ संकलन गरेको छ ।

रामपुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष तोयानाथ सारु थापाले योजना छनौट प्रक्रिया र प्राथमिकताका बारेमा जानकारी गराउनुभएको थियो । धेरै भन्दा प्राथमिकता स्वरुप महत्वपुर्ण र आबश्यकीय योजना अघि सार्न उहाँले अनुरोध गर्नुभयो ।

टोल संयोजक सुरेन्द्र भण्डारीको अगुवाईमा बसेको भेलामा वडा सदस्य पिताम्बर ओस्तीले थोरै–थोरै भएपनि अधुरा योजना पुरा गर्दै नयाँ योजना थप्न पहल गर्ने बताउनुभएको थियो । उहाँले वडाबासीले प्राथमिकताको साथ छनौट गरेको योजनामा काम गर्न आफुहरुले निरन्तर पहल गर्ने बताउनुभयो ।

आगामी आर्थिक बर्ष २०८१/०८२ को योजना संकलनका लागि टोलमा बसेको भेलामा पुर्व प्रशासक रामकृष्ण भण्डारीले थोरै लगानीबाट धेरै जनतालाई ताभान्वित हुने योजना छनौट हुनु पर्ने सुझाउनुभयो । उहाँले स्वास्थ्य, खानेपानी, व्यवस्थापन, सिंचाई र मोटरबाटो लगायत आधारभुत र आबश्यकीय योजनाले प्राथमिकता पाउनुपर्ने बताउनुभयो । भेला रामपुर १० को सामुदायिक भवनमा बसेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com