जनकल्याण माबिमा भवन उद्घाटन, विद्यार्थीलाई छात्रवृत्ति प्रदान
पाल्पा ।
जनकल्याण मावि रामपुर १० पाल्पामा पुरस्कार वितरण तथा भवन उद्घाटन कार्यक्रम भएको छ ।
विद्यालयमा भएको एक कार्यक्रममा राष्टिय पुर्ननिर्माण मन्त्रालयको सहयोगबाट निर्मित भवनको उद्घाटन तथा पुरस्कार वितरण भएको हो ।
रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले भवन उद्घाटन गर्दै विद्यालयको शैक्षिक उन्नति प्रगतिको कामना गर्नुभयो । साथै भौतिक विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडाअध्यक्ष तोयानाथ सारुले विद्यालयको शैक्षिक प्रगति र गुणस्तर बढाउन अभिभावक, शिक्षक र विद्यार्थी लाग्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीको अध्यक्षता, शिक्षक गोपाल प्रसाद खरालको स्वागत र दामोदर तिमिल्सिनाको सञ्चालनमा कार्यक्रम भएको थियो ।
सोही अबसरमा विद्यालयमा स्थापित अक्षयकोषबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयका पुर्व अध्यक्ष एकराज पाठकलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले रमाइलो सांस्कृतिक प्रस्तुति देखाएका थिए ।