तानसेन वडा न ७ का महिलाहरूलाई सिलाई कटाई तालिम प्रदान
पाल्पा ।
पाल्पा जिल्लाकाे तानसेन नगरपालिकाले तानसेन वडा न. ७ का महिलाहरूलाई सिलाई कटाई तालिम प्रदान गरेको छ । नगरपालिकाले वडाका २० जना महिलाहरूलाई स्वराेजगार बनाउने उद्देश्यले १५ दिने सिलाई- कटाई तालिम दिएको हाे । गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम (मेडपा)अन्तर्गत सीप स्तराेन्नतीका लागि सिलाई कटाईको “तह २” तालिम प्रदान गरेको हाे ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले तालिममा सिकेको सीपलाई ब्यवहारमा रुपान्तरण गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो। तालिम पश्चात सबै महिलाहरु व्यावसायीमुखी र आत्मनिर्भर हुनुपर्ने नगर प्रमुख श्रेष्ठले बताउदै सीप भएका व्यक्ति कहिल्यै भाेकै बस्न पर्दैन,श्रम र सिपकाे सम्मान गर्न सके मानिसकाे जीवन सहज र सुखी हुने बताउनुभयो । सिपले मानिसलाई सफल र आत्मनिर्भर बनाउछ, नगर प्रमुख श्रेष्ठले भन्नुभयो-सरकारले गरेको खर्च सदुपयोग गर्न र सफल उद्यमीकाे रूपमा आफुलाई स्थापित गराउनुहोस् ।
कार्यक्रममा तानसेन नगरपालिका उप प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले तालिममा सहभागी महिलाहरूले आगामी दिनमा उदाहरणीय भइ काम गर्न आग्रह गर्नुुुभयो । सिलाई-कटाई व्यवसाय थाेरै रकमबाट पनि सञ्चालन गर्न सकिने बताउनुुुभयो। साथै महिलाहरूलाई सिलाई कटाई सम्बन्धि थप तालिम आवश्यक परेमा नगरपालिकाले सहयोग गर्ने बताउनुुुभयो।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दुर्गा बहादुर थापाले नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउन तालिम प्रदान गरेको बताउनुभयो। नगरपालिकाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत विभिन्न तालिमहरू जस्तै वित्तिय साक्षर,ब्युटिपार्लर,झिनाया बनाउने तालिम,सिलाई कटाई जस्ता तालिमहरू प्रदान गरिरहेकाे बताउनुभयो । तालिममा सहभागीहरूले गरिबी निवारणका लागि नमुना काम गरि उदाहरणीय बन्न सुझाव दिनुभयो।
कार्यक्रमका नगरपालिकाका सामाजिक विकास अधिकृत भरत प्रसाद आर्चायले नगरपालिकाले महिलाहरूलाई तालिम प्रदान गरि व्यवसायीक कार्यमा लाग्न बाटाे निर्देश गरेको बताउनुभयो ।
तानसेन वडा न ७ का वडा अध्यक्ष प्रदिप खनालले नगरका नागरिकलाई उद्यम र आयआर्जन संग जोड्न तालिम सञ्चाल्न गरिएको बताउनुभयो । कार्यक्रममा वडा सदस्य मिना परियारले स्वागत गर्नुभएको थियो । २० जना सहभागी तालिम समापन कार्यक्रमकाे अवसरमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ ।