2

Logo २०८३ बैशाख १३ आइतबार
पुर्वखोला गाउँपालिका पूर्ण खोप र पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता पालिका घोषणा

पुर्वखोला गाउँपालिका पूर्ण खोप र पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता पालिका घोषणा


Sabalnews प्रकाशित मिति : शुक्रबार, बैशाख २१ २०८१
1.9K

पाल्पा ।

पाल्पाको पुर्वखोला गाउँपालिका पूर्ण खोप र पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता पालिका घोषणा भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले पुर्वखोला गाउँपालिकालाई पूर्ण खोप र पूर्ण संस्थागत प्रसुती सेवायूक्त स्थानीय तह सुनिश्चितता पालिका घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । पुर्वखोला गाउँपालिकालाई २०७६ कार्तिक ६ गते पुर्ण संस्थागत सुत्केरी गाउँपालिका लुम्बिनी प्रदेशमै पहिलो पटक घोषणा भएको थियो ।

त्यस्तै पुर्ण खोपको सन्दर्भमा नेपाल सरकारले तोकेको निर्देशिका बमोजिम सम्पुर्ण सुचकहरुको प्रक्रिया पुरा गरी २०७० चैत्र १२ गते नेपालमै पहिलो पुर्ण खोप यूक्त जिल्ला घोषणा भएको थियो । त्यसयता पुर्वखोला गाउँपालिका नियमित रुपमा प्रत्येक वर्ष सुनिश्चितता घोषणा हुँदै आएको पुर्वखोलाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनुभयो ।

घोषणा कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले पुर्वखोला गाउँपालिकाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा निकै राम्रो काम गरेको बताउनुभयो । आचार्यले २४ सै घण्टा सुत्केरी सेवा, सुरक्षित गर्भपतन सेवा, जनस्वास्थ्य प्रयोगशालालगाएतका सेवाहरुले नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा पुगेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले नागरिकको स्वास्थ्यको क्षेत्रमा पुर्वखोला गाउँपालिकाले प्राथमिकता दिएर काम गरेको बताउनुभयो । थापाले नागरिकको स्वास्थ्य अवस्था ठिक रहेमात्र अन्य शिक्षा, रोजगार, पर्यटन, कृषिलगाएतका क्षेत्रमा सुधार आउने बताउनुभयो ।

यो घोषणा संगै पालिका भित्रका २ वर्ष भित्र नियमित बच्चाको स्वास्थ्यलाई ख्यालमा राख्ने सुनौलो १००० दिनको आमाहरु १६० जनालाई पुरस्कृत समेत गरिएको छ । कार्यक्रममा घोषणा गर्न सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संघसंस्थाहरु र सेवा निवृत्त महिला स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ ।

घरधुरी सर्वेक्षणबाट प्रोटोकल अनुसार चार पटक गर्भ जाँच गर्भवती भएका महिलाहरु ९८.८२ प्रतिशत भएको, संस्थागत सुत्केरी १०० प्रतिशत भएको, उत्तर प्रसुती जाँच १०० प्रतिशत भएको, घरमै हुने प्रसुती संख्या शुन्य भएको, फरक स्वास्थ्य संस्थाबाट नमुना घरधुरी सर्वेक्षण गरि मापदण्ड अनुसार सुचकांक भएकाले सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराई, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, गाउँपालिकाका प्रवक्ता मेहरसिंह थापा, वडा नं. ३ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई, राजननैतिक दल र विभिन्न संघसंस्थाका प्रतिनिधिले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com