2

Logo २०८३ बैशाख १४ सोमबार
अधिकारका कुरा सिक्दै जेष्ठ नागरिक

अधिकारका कुरा सिक्दै जेष्ठ नागरिक


Sabalnews प्रकाशित मिति : शनिबार, बैशाख ८ २०८१
1.4K

पाल्पा ।

जेष्ठ नागरिकमा सबैधानिक कानुनी अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम पाल्पाको रामपुरमा भएको छ । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आयोजना तथा जेष्ठ नागरिक संघ पाल्पाको समन्वयमा चलेको अभिमुखीकरणमा पाल्पाका जेष्ठ नागरिक जम्मा भएर जेष्ठ नागरिकले राज्यबाट पाउने अधिकार सेवा सुबिधा, जिम्मेवारी र पछिल्लो समय संविधान देखि अन्य नितिले सम्बोधन गरेका बिषय बस्तुका बारेमा जानकारी दिईएको थियो ।

अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले जेष्ठ नागरिक समाजको ईतिहास भएको बताउनुभयो । जेष्ठ नागरिकलाई राज्यले विभिन्न स्थानमा सम्बोधन गरेको बताउदै घर परिवारबाट हौसला र उत्साह दिलाउनु पर्ने बताउनुभयो । नयाँ पुस्ता भौतिक सुखमा केन्द्रित हुँदा जेष्ठ नागरिक हेला र दुःख सुख साटासाट गर्न नपाएकोले नैतिक शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो । लुम्बिनी प्रदेश जेष्ठ नागरिक सम्बन्धी कानुन निर्माणको क्रममा रहेको उहाँले बताउनुभयो ।

रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले जेष्ठ नागरिक समाजको अमुल्य गहना रहेको बताउनुभयो । उहाँले जेष्ठ नागरिक आश्रम रामपुर रामघाटमा निर्माण भएको र त्यसमा बाद्यबादन समेत व्यबस्था भएको बताउनुभयो । उहाँले नगरपालिकाले राज्यले दिने सेवा सुबिधा दिएको बताउदै स्वास्थ्य सेवामा चुस्त राख्न नगरले ध्यान दिएको बताउनुभयो ।

सामाजिक विकास डिभिजन कार्यालय तानसेनका प्रमुख मित्र प्रसाद गौतमले जेष्ठ नागरिकको अधिकार, जिम्मेवारी र भुमिका तथा राज्यका हरेक तहमा पहुँच बढाउन सचेतनामुलक कार्यक्रम गरिएको बताउनुभयो । जेष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकालले जेष्ठ नागरिकहरुलाई भेटघाट भएर भलाकुसारी गर्ने वातावरण तयार गर्नु तत्कालको अवश्यकता रहेको बताउनुभयो । उहाँले जेष्ठ नागरिकहरुको दिनचर्या सहज बनाउन र स्वास्थ्य सेवामा सहजताका लागि संघले जिल्लामा लागि परेको बताउनुभयो ।

रामपुर नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पुजा परियारले जेष्ठ नागरिकहरुका लागि संविधानले गरेको व्यवस्था, कानुनी अधिकार र कार्यान्वयनको अवस्था, स्थानीय तहले गर्न सक्ने कामका बारेमा सहजीकरण गर्नुभएको थियो ।

सहभागी जेष्ठ नागरिक लेखनाथ पोखरेल, लक्ष्मण पन्त, टुङ्गराज पौडेल, प्रेम बहादुर पोखरेल, किर्तिनाथ रेग्मी, बाबुराम तिमिल्सिना, कृष्ण प्रसाद अर्याल, बाबुराम न्यौपाने, तुलसी आचार्य, बाबुराम न्यौपाने, बोम बहादुर थापा लगायतले आफ्ना विगतका अनुभव, योगदान र समस्याको विषयमा छलफल गरेका थिए । सहभागीले पाका पुस्ताबाट नयाँ पुस्तामा सीप, सुझाव र सल्लाह हस्तान्तरण हुनुपर्नेमा जोड दिदै राज्यले जेष्ठ नागरिकलाई धेरै स्थानमा सम्बोधन भएपनि व्यबहारमा सेवा लिन झन्झट भएको बताएका थिए । स्वास्थ्य सेवा लिनदेखि राज्यले दिदे सामाजिक सुरक्षा भत्ता लिन समेत भिडभाडमा लाइनमा बस्नु लज्जास्पद भएको बताएका थिए ।

सामाजिक विकास डिभिजन कार्यालय तानसेनका प्रमुख मित्र प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रम डिभिजन कार्यालय तानसेनका लेखा अधिकृत जनार्दन लोधको स्वागतबाट शुरु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले धन्यवाद ज्ञापन गर्दै जेष्ठ नागरिक समाजका इतिहास भएको बताउनुभयो । कार्यक्रमको सञ्चालन जेष्ठ नागरिक संघ पाल्पाका सदस्य केशवराज पंगेनीले गर्नुभएको हो ।

कार्यक्रममा पाल्पाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका झण्डै १ सय जना जेष्ठ नागरिकहरुको सहभागीता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com