2

Logo २०८३ बैशाख १३ आइतबार
जिल्लामै पहिलो रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन

जिल्लामै पहिलो रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन


Sabalnews प्रकाशित मिति : बुधबार, बैशाख ५ २०८१
2.3K

पाल्पा ।

रिब्दीकोट गाउँपालिका वडा नंं ५को नयाँ टोलमा प्राङ्गारिक मल कारखाना निमार्ण कार्य शुरु भएको छ।

जलेश्वर बहुृउद्देश्यीय सहकारी संस्था र रिब्दीकोट गाउँपालिकाको आर्थिक सहयोगमा अध्यक्ष नारायण बहादुर कार्कीले प्राङ्गारिक मल कारखाना शिलन्यास भएको हो। गाउँ बस्तिका जमिनलाई बाझो नराखि कृषि उत्पादन बढाई स्वदेशमै बसि रोजगारी सिर्जना हुने र बैदेशिक रोजगारको लागि विदेश धाउनु नपर्ने अभियानका साथ पालिकाले वडा नंं ५ को नयाँ टोलमा प्राङ्गारिक मल कारखाना संचालन सुरु गरेको हो ।

“म बनाउछु मेरो रिब्दीकोट” भन्ने अभियानका साथ रिब्दीकोट गाउँपालिकाले प्राङ्गारिक मल कारखाना बनाउन शुरुवात भएको छ । कारखाना संचालनमा आए पछि पहिलो उत्पादन बजार पठाउदा सम्म ४५ लाख रुपैया खर्च हुने पालिकाले अनुमान रहेको छ। रासायनिक तथा जैविक मल किसानले आवश्यक समयमा नपाउदा प्रयाप्त उत्पादन नहुने हुदाँ उत्पादन बृद्धि गर्नुका साथै स्थानीयलाई रोजगारी बनाउनको लागि प्राङ्गारिक मल कारखाना सुरुवात गरेको हो। रिब्दीकोटको पहिचान नै कृषि बनेको छ । यहाँका कृषकहरुले अकवरे खुर्सानी,सुन्तला,अदुवा,बेसार उत्पादनलाई गुणस्तरीय बनाउन पालिकाले नै गत बर्ष देखी बजेट विनियोजन गरेको र यस बर्ष देखि मल कारखाना सुरुवात गर्ने भएको छ ।

गाईभैसीको गोवर,झारपात,हरिया घास तथा सेउलाहरु प्रयोग गरी कृषि उत्पादन बढाउनको लागि प्राङ्गारिक मल कारखाना संचालन गर्न लागिएको हो । पालिकाले वडा नंं ५ को नयाँ टोलमा प्राङ्गारिक मल कारखाना संचालन गर्नको लागि ३ रोपनी क्षेत्रफल जग्गा लिजमा लिएर कारखानाको शिलन्यास गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com