2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पाको निस्दीमा कृषि, पर्यटन, सास्कृतिक तथा खेलकुद महोत्सव शुरु

पाल्पाको निस्दीमा कृषि, पर्यटन, सास्कृतिक तथा खेलकुद महोत्सव शुरु


Sabalnews प्रकाशित मिति : मंगलबार, चैत्र २७ २०८०
1.2K

पाल्पा ।

पाल्पाको निस्दी गाउँपालिकामा निस्दी महोत्सव शुरु भएको छ । चैत २६ गतेदेखि आगामी वैशाख ३ गतेसम्म दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव- २०८० शुरु भएको हो ।

महोत्सवको पाल्पा १ का प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै आचार्यले श्रम र रोजगारको खानी निस्दीले स्थानीय उत्पादन र लगाबको प्रेरणा दिएको बताउनुभयो ।

प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले निस्दी कृषि र पर्यटनआ अब्बल भएको बताउदै यसको पहुँच र बजारीकरणमा जोड दिदै किसान अझ व्यबसायिकतामा लाग्नुपर्ने बताउनुभयो ।

विभिन्न झाकी सहित मौलिक सालैजो, कौरा, ठुलोनाच, बालन सहितका प्रस्तुति प्रदर्शन गरिएको महोत्सव शुभारम्भका अबसरमा झकिझकाउ र्‍यालीले मित्याल बजारदेखि झ्याल्टुनडाडासम्म पुगेको थियो ।

कलाकार नारायण रायमाझी सहित स्थानीय कलाकारको प्रस्तुतिले रौनकता छाएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com