पाल्पाको निस्दीमा कृषि, पर्यटन, सास्कृतिक तथा खेलकुद महोत्सव शुरु
पाल्पा ।
पाल्पाको निस्दी गाउँपालिकामा निस्दी महोत्सव शुरु भएको छ । चैत २६ गतेदेखि आगामी वैशाख ३ गतेसम्म दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव- २०८० शुरु भएको हो ।
महोत्सवको पाल्पा १ का प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै आचार्यले श्रम र रोजगारको खानी निस्दीले स्थानीय उत्पादन र लगाबको प्रेरणा दिएको बताउनुभयो ।
प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले निस्दी कृषि र पर्यटनआ अब्बल भएको बताउदै यसको पहुँच र बजारीकरणमा जोड दिदै किसान अझ व्यबसायिकतामा लाग्नुपर्ने बताउनुभयो ।
विभिन्न झाकी सहित मौलिक सालैजो, कौरा, ठुलोनाच, बालन सहितका प्रस्तुति प्रदर्शन गरिएको महोत्सव शुभारम्भका अबसरमा झकिझकाउ र्यालीले मित्याल बजारदेखि झ्याल्टुनडाडासम्म पुगेको थियो ।
कलाकार नारायण रायमाझी सहित स्थानीय कलाकारको प्रस्तुतिले रौनकता छाएको थियो ।



