आधारभुत प्राथमिक उपचार तालिम रिब्दीकोटमा
पाल्पा ।
पाल्पाको रिब्दीकोट गाउँपालिकामा आधारभुत प्राथमिक उपचार तालिम सञ्चालन भएको छ ।
गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखाको प्रविधिक सहयोगमा गाउँपालिकामा तालिम चलाइएको हो ।
तीन दिनसम्म चल्ने आधारभुत प्राथमिक उपचार तालिमको उद्घाटन गर्दै रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले सबै नागरिकले प्राथमिक उपचारबारे जान्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकिय अधिकृत मणि प्रसाद खनाल सहित सरोकारवालाले तालिम उपलब्धि मुलक हुने हुँदा सबैले उत्साहपुर्वक सिक्नुपर्ने बताउनुभयो ।