2

Logo २०८३ बैशाख १५ मंगलबार
कार्यस्थलमा हुने सबै प्रकारका दुर्व्यबहार आचारसंहिता र लैंगिक नीति सम्बन्धि रामपुरमा अभिमुखिकरण

कार्यस्थलमा हुने सबै प्रकारका दुर्व्यबहार आचारसंहिता र लैंगिक नीति सम्बन्धि रामपुरमा अभिमुखिकरण


Sabalnews प्रकाशित मिति : सोमबार, चैत्र २६ २०८०
946

पाल्पा ।

कार्यस्थलमा हुने सबै प्रकारका दुर्ववहारको आचार संहिता र लैंगिक नीति २०८० सम्बन्धि अभिमुखिकरण कार्यक्रम पाल्पाको रामपुरमा सम्पन्न भएको छ ।

रामपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा कार्यालयमा हुने दुर्ववहार न्यूनिकरण र अन्त्यका लागि आचारसंहिता र लैंगिक समानता तथा सामाजिक समावेशीकरणयुक्त बजेट निर्माण सम्बन्धि छलफल भएको हो।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले लैंगिक समानता तथा सामाजिक समावेशीकरणलाई समेटेर बजेट निर्माण गर्ने बताउनुभयो । उहाँले बजेट निर्माण गर्दा सवैलाई समेटेर गरे पनि शिर्षक नमिलाउँदा राज्यका विभिन्न निकायले गर्ने मूल्याङ्कनमा अंक कम आएको उल्लेख गर्नुभयो । साथै उहाँले नगरपालिकाको कार्यालय भित्र हुने विभिन्न दुरव्यवहारको अन्त्यका लागि आचार संहिता लागु गरिने बताउनु भएको छ।

यस्तै कार्यक्रममा बोल्दै रामपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष डिल बहादुर रानाले आचारसंहिता निर्माण गरी लागु गरेर मात्रै हरेक दुर्ववहार अन्त्य नहुने भन्दै यसलाई व्यवहारिक रुपमा उतार्न सबैले कार्यान्वयनको पक्षमा ध्यान दिन आवश्यक रहेको औँल्याउनुभयो ।

यसैगरी रामपुर आयुर्वेद शाखाका प्रमुख चेमन प्रकाश पोखरेलले दुर्ववहार गर्न र सहन दुवै नहुने भन्दै यसको न्यूनिकरण र अन्त्य गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सार्वजनिक वित्तीय व्यवस्थापन कार्यक्रमका स्थानीय तह संयोजक सुर्य किसानले लैंगिक उत्तरदायी बजेट निर्माण ,पद्धति , यसको आवश्यकता र महत्वको विषयमा सहजिकरण गर्नु भएको थियो ।

रामपुर नगरपालिकाका महिला बालबालिका शाखा प्रमुख पुजा परियारले कार्यस्थलमा हुने सबै प्रकारका दुरव्यवहारको आचारसंहिताको विषयमा सहजिकरण  गर्नुभएको थियो । रामपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महिला, बालबालिका शाखा प्रमुुुख पुजा परियारले गर्नुभएको थियो।

कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधि, नगरपालिकाका शाखा प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com