2

Logo २०८३ बैशाख १३ आइतबार
शैक्षिकसत्र अगावै कालिकोटमा पुग्यो पाठ्यपुस्तक

शैक्षिकसत्र अगावै कालिकोटमा पुग्यो पाठ्यपुस्तक


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र २५ २०८०
785

कालिकोट ।

कर्णाली प्रदेशको विकट जिल्ला मानिने कालिकोटमा शैक्षिक सत्र अगावै पहिलोपटक पाठ्यपुस्तक पुगेको छ। शैक्षिक सत्र २०८१ वैशाख १ गतेदेखि सुरु हुने शैक्षिकसत्र अगावै पाठ्यपुस्तक कालीकोट जिल्ला पुगेका हुन् ।

आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेताहरुसँग पाठ्यपुस्तक पुगेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कालीकोटका निमित्त प्रमुख प्रकाशचन्द्र धितालले जानकारी दिनुभयो। ‘पहिलोपटक जिल्लामा शैक्षिक सत्र सुरु हुनुभन्दा पहिला पाठ्यपुस्तक उपलब्ध भएको छ’, धिताल्ले भन्नुभयो । ‘पाठ्यपुस्तक पालिका र सम्बन्धित विद्यालयलाई चाँडो खरिद गर्न पत्रचार भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुर्खेत कार्यालयले पाठ्यपुस्तक शैक्षिक सत्र अगावै उपलब्ध गराएको विनोद बुक सेन्टरका सञ्चालक नन्दबहादुर शाहीले बताउनुभयो। ‘चैत १५ गते नै कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक जिल्लामा आइपुगेका छन्’। अब छिट्टै स्थानीय तहका विभिन्न विद्यालयमा पठाउने काम हुनेछ।

समयमै पाठ्यपुस्तक पुगेपछि पठनपाठनका लागि सहज हुने स्थानीय अभिभावककाे भनाइ छ। कक्षा १ देखि १० सम्म सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आइरहेको छ। चालु आर्थिक वर्षको शैक्षिक सत्रभन्दा याे शैक्षिक सत्रमा चाँडै पुस्तक उपलब्ध भएका हुन् । विगतका बर्षहरुमा शैक्षिकसत्र शुरु भएको ४/५ महिना सम्मपनि पुस्तक पुग्न कठिन हुन्थ्यो ।याे बर्ष छिट्टै पुस्तक पुग्नुले शिक्षाक्षेत्रमा सुधारमा सहयोग पुग्ने सर्वसाधारणको भनाइ छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com