2

Logo २०८३ बैशाख १३ आइतबार
पर्यटक तथा दर्शनार्थीको लागि स्वास्थ्य परिक्षण शिविर सञ्चालन ‍

पर्यटक तथा दर्शनार्थीको लागि स्वास्थ्य परिक्षण शिविर सञ्चालन ‍


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र २५ २०८०
722

मुस्ताङ ।

प्रहरीको सक्रियतामा पर्यटक तथा दर्शनार्थीलाई लक्ष्यित गर्दै मुस्ताङमा पर्यटकको स्वास्थ्य परिक्षण शिबिर सन्चालन भएको छ ।

जिल्लामा आउने विभिन्न आन्तरिक तथा वाह्य पर्यटकहरूको स्वास्थ्य सुरक्षालाई ध्यान दिई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा तथा जिल्ला प्रहरी कार्यालय मुस्ताङको आयोजना र गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको सहकार्यमा मुस्ताङ घरपझोङ गा.पा. वडा नं. ४ जोमसोम स्थित पर्यटक प्रहरी चेकपोष्टमा स्वास्थ्य परिक्षण शिविर चलाइएको हो ।

मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बोल्दै पहिलोपटक आउने र दोहिरिएर आउनेलाई पनि स्वास्थ्य अबस्था जटिल भएको पाइएकाले अपनाउने साबधानी सहित परामर्श र स्वास्थ्य जाच गरिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका कार्यालय प्रमुख प्र.ना.उ. भोजराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पाण्डेले  मुस्ताङ जिल्लाको भ्रमणको लागि आउने विभिन्न आन्तरिक तथा बाह्य पर्यटक (तीर्थयात्री, भ्रमण, मनोरञ्जन, ट्रेकिङ, अवलोकन) हरूलाई लेक लागी बिरामी हुने, अक्सिजनको कमी हुने, ढल्ने जस्ता समस्या सिर्जना भई बिगतमा मानवीय क्षति समेत भएको र यस्तो अबस्था पुनः हुन सक्ने भएकोले  भ्रमणको लागि आउने विभिन्न आन्तरिक तथा वाह्य पर्यटकहरूको स्वास्थ्य सुरक्षालाई ध्यान दिई स्वास्थ्य उपचार गरिएको बताउनुभयो ।

मुस्ताङको घरपझोङ गा.पा. वडा नं. ४ जोमसोम स्थित पर्यटक प्रहरी चेकपोष्टमा “पर्यटकहरूको स्वास्थ्य परिक्षण शिविर” सञ्चालन गरि चेकजाच गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com