2

Logo २०८३ बैशाख १३ आइतबार
बाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई तेस्राे पटक विश्वासकाे मत

बाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई तेस्राे पटक विश्वासकाे मत


Sabalnews प्रकाशित मिति : मंगलबार, चैत्र २० २०८०
1.1K

काठमाण्डाै ।

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्राे पटक विश्वासकाे मत प्राप्त गर्नुभएकाे छ ।

आज बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासकाे मत प्राप्त गर्नुभएकाे हाे । मत विभाजनका क्रममा उहाँकाे प्रस्तावकाे पक्षमा ५६ मत खसेकाे छ । यस्तै उहाँकाे विपक्षमा  ३७ जना सांसदले मत दिए भने १५ जना सांसद तटस्थ रहे ।

एक सय १० सदस्यीय प्रदेश सभामा आज मतदानका क्रममा एक सय आठ जना सांसद उपस्थित थिए । बहुमतका लागि ५६ जना सांसदकाे समर्थन चाहिनेमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै सांसदकाे समर्थन पाउनुभयाे ।

उहाँलाई माओवादी केन्द्र, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी (हानेपा) ले विश्वासको पक्षमा मत दिएका थिए ।

२०७९ साल पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका माओवादी संसदीय दलका नेता जम्कट्टेलले यसअघि २०७९ साल माघ ३ गते पहिलाे पटक र त्यही वर्षको चैत १० गते दोस्रो पटक विश्वासको मत लिनुभएकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com