2

Logo २०८३ बैशाख १३ आइतबार
स्याङ्जामा बेबारिसे भेटिएको नबजात शिशुलाई थप उपचारका लागि पोखरा

स्याङ्जामा बेबारिसे भेटिएको नबजात शिशुलाई थप उपचारका लागि पोखरा


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र ७ २०८०
3K

स्याङ्जा ।

स्याङ्जाको चापाकोट नगरपालिकामा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशुलाई थप उपचारको लागि पोखरा पठाइएको छ।

शिशुलाई चापाकोट अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको चापाकोट अस्पतालले जनाएको छ ।

बुधबार दिउँसो चापाकोट नगरपालिका वडा नम्बर ९ कर्लुङमा पुल जाने बाटो क्षेत्रमा बेवारिसे अवस्थामा (सालनाल नछुटिएको अवस्थामा) नवजात शिशु (छोरी) स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बच्चा जन्मेसंगै बारीमा घोप्टो छोडेको र सालनाल समेत भएकाले कमिला समेत लागेको स्थानीयको भनाई छ ।

कसले बच्चा जन्माएर छोडेको हो भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन । प्रहरीले गैरकानुनी कार्य गर्नेलाई खोजी गर्न सघाउन स्थानीयलाई अनुरोध गरेको छ ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चापाकोटका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com