पाल्पाको रैनादेवीछहरामा “चौथो रैनादेवी छहरा अध्यक्ष कप” शुरु
पाल्पा ।
पाल्पाको रैनादेवीछहरा गाउँपालिकामा चौथो रैनादेवी छहरा अध्यक्ष कप २०८० सुरु भएको छ ।
रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा तथा रैनादेवी छहरा गाउँपालिकाको युवा तथा खेलकुद विकास समितिको व्यवस्थापनमा सोमबार दिउँसो एक समारोहका बीच अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८० को उद्घाटन गरिएको छ ।
रैनादेवी छहरा गाउँपालिकाको ५ नं वडा स्थित कटौजेपानी खेल मैदानमा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सदस्य तथा निवर्तमान उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री माननीय श्री विर बहादुर रानाले उद्घाटन गर्नुभएको थियो । रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षतामा शुरु भएको कार्यक्रममा सरोकारवालाहरुले खेलको माध्यमबाट बिकास, पहिचान र पर्यटन प्रबर्द्धनमा जोड दिएका थिए ।
रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की, रैनादेवी छहरा गाउँपालिकाका उपाध्यक्ष युवराज थापा, निवर्तमान अध्यक्ष राम बहादुर कार्की, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरे, जिल्ला भलिबल संघका अध्यक्ष राजु गुरुङ, अध्यक्ष रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँण, रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल, गाउँपालिकामा क्रियाशिल राजनीतिक दलका प्रमुख/प्रतिनिधिहरू, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका उपाध्यक्ष नल बहादुर राना मगर लगायतको सहभागिता थियो ।
कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो । पाल्पा जिल्लाका १० वटा स्थानीय तहहरूको सहभागिता रहने प्रतियोगिता ३ दिन सम्म चल्नेछ । प्रतियोगिताको समापन चैत्र ७ गते हुनेछ ।