समाजसेवी सुब्बा लोकनाथ रेग्मीको स्मृतिमा अक्षयकोषबाट २ जना सम्मानित
पाल्पा ।
रामपुर क्षेत्रका समाजसेवी सुब्बा लोकनाथ रेग्मी उपाध्यायको दोस्रो स्मृतिमा रेग्मी परिवारले वडा कार्यालयको समन्वयमा २ जनालाई सम्मान गरेको छ ।
गत २०७८ साल चैत्र १ गते रामपुर नगरपालिका ६ बिजयपुरका समाजसेवी लोकनाथ रेग्मी उपाध्यायको १०१ बर्षको उमेरमा निधन भएको थियो । रेग्मी परिवारले उहाँको निधनको स्मृतिमा रामपुर नगरपालिका ६ का एकजना सामाजिक क्षेत्रमा अग्रसर साहसी महिला र एकजना कृषिमा अग्रसर युवा कृषकलाई सम्मान गरेको हो ।

वडाको समन्वयमा वडा नम्बर ६ कार्यालयमा भएको कार्यक्रममा स्वर्गीय सुब्बा लोकनाथ रेग्मी उपाध्यायका श्रीमती तथा अक्षयकोषका संरक्षक तिलकुमारी रेग्मी, छोराहरु नारायण प्रसाद, सुदनप्रकाश र ओम प्रकाश रेग्मी बुहारी र रेग्मी परिवारले रामपुर ६ बस्ने विभिन्न संघ सस्थामा आबद्द भई महिला उद्यम र आयआर्जनमा वडामा सचेतना दिदै आउनुभएकी अग्रसर महिला सुस्मा आले र पछिल्लो समय कृषि पेशालाई अगाल्दै आनुभएका रामपुर ६ का बाख्रापालन तथा तरकारी खेती गर्दै आउनुभएका काशीराम आचार्यलाई सम्मान गरिएको हो ।

सामाजिक क्षेत्रमा तल्लिन हुनुभएका बुवा लोकनाथ रेग्मीको समाजसेवी भावनाले समाजसेवामा लाग्ने, मेहनत गर्ने व्यक्तिलाई हौसला होस् भनेर अक्षयकोष स्थापना गरि सम्मान गरेको स्वर्गीय रेग्मीका छोरा सुदनप्रकाश रेग्मीले बताउनुभयो ।
रेग्मीका श्रीमती तिलकुमारी रेग्मीले सामाजिक काममा पहिल्यै देखि मन जागेको स्मरण गर्दै सहयोग गर्न गरेको बताउनुभयो ।
रामपुर नगरपालिका ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले वडाबासी समाजसेवी लोकनाथ सुब्बा वडाको मात्र नभई रामपुर क्षेत्रको एक अभिभवक भएको बताउदै उहाँको सम्झनामा अक्षयकोष स्थापना र सम्मान गर्नु आफैमा राम्रो र सकारात्मक पहल भएको बताउनुभयो । वडाको समन्वयमा वडामा कार्यक्रम गरि सम्मान गरेकोमा उहाँले रेग्मी परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा सदस्य शारदा आचार्यले लोकनाथ बुवाले रामपुर क्षेत्रका हरेक शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन स्थलमा सहयोग गरेको बताउदै परिवारको असल सत्मार्ग प्रति धन्यवाद दिनुभयो ।
स्वर्गिय लोकनाथ रेग्मीका कान्छा छोरा ओम प्रकाश रेग्मीले अन्धकार मुक्ति बचत तथा ऋण सहकारी सस्थामा सुब्बा लोकनाथ रेग्मी उपाध्याय स्मृति अक्षयकोषमा नगद १ लाख राखेर अक्षयकोष स्थापना गरेको बताउनुभयो । उहाँले कोषमा रकम थप्दै जाने र पहिलो बर्ष कोषबाट आएको ब्याजबाट नगद ५/५ हजार र सम्मानपत्रले प्रोत्साहन स्वरुप उहाँहरुलाई सम्मान गरिएको जानकारी दिनुभयो ।
बिस १९७८ सालमा जन्मनुभएका सुब्बा लोकनाथ उपाध्याय रेग्मीको गत ०७८ साल चैत १ मा निधन भएको थियो । ६० बर्षसम्म सरकारी जागिरे रहनुभएका उहाँ सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । श्रीमती, ३ छोराबुहारी र १२५ नातिनातिना रहनुभएका रेग्मी परिवार सुब्बा लोकनाथ रेग्मी र उहाँको निधन पश्चात् रेग्मी परिवाले बिबिध क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।
रामपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सचिव महेश भट्टराईले गर्नुभएको हो ।



