2

Logo २०८३ बैशाख १३ आइतबार
रिब्दीकोटले नारी दिवसमा खेलाडी सम्मान र बक्तृत्वकला आयोजना गरेर मनायो

रिब्दीकोटले नारी दिवसमा खेलाडी सम्मान र बक्तृत्वकला आयोजना गरेर मनायो


Sabalnews प्रकाशित मिति : शनिबार, फाल्गुन २६ २०८०
1.3K

“महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी” भन्ने नारा सहित रिब्दीकोट गाउँपालिकाले सम्मान तथा बक्तृत्वकला प्रतियोगिता गरि दिवस मनाएको छ ।

रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले कार्यक्रमको उद्घाटन गर्दै राज्यको हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व र पहुँच हुनुपर्ने बताउनुभयो । हरेक परिवर्तनमा महिलाको भुमिका उल्लेख्य रहेको उहाँको भनाई छ ।

 रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले महिला हकहित र समान पहुँचका लागि महिला निरन्तर लागिरहेको र यसलाई हरेक ठाउँमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणि प्रसाद खनालले महिलाको अबस्था र योगदानको चर्चा गर्नुभयो ।

रिब्दीकोट गाउँ कार्यपालिकाको कार्यालय खस्यौलीमा भएको कार्यक्रममा रिब्दीकोट गाउँपालिकाबाट प्रदेश स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा छनौट भएका खेलाडिहरुलाइ सम्मान गरिएको छ ।

दिवसकै अबसरमा वक्तृत्वकला प्रतियोगितामा आयोजना गरेको रिब्दीकोटले प्रतियोगितामा प्रथम, द्दितिय र तृतिय हुने सफल प्रतियोगिहरुलाइ नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com