2

Logo २०८३ बैशाख १५ मंगलबार
बगनासकालीमा ओमशान्ति ज्ञान मन्दिर भवन शिलन्यास

बगनासकालीमा ओमशान्ति ज्ञान मन्दिर भवन शिलन्यास


Sabalnews प्रकाशित मिति : शनिबार, फाल्गुन २६ २०८०
953

पाल्पा ।

बगनासकाली–१, चिर्तुङ्गधारा हिराबारी पाल्पामा ओम शान्ति ज्ञान मन्दिर भवनको सिलान्यास गरिएको छ ।

शनिबार महाशिवरात्री पर्वको अवसर पारेर ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पाल्पाले ज्ञान मन्दिर भवन सिलन्यास, स्नेह मिलन, प्रवचन तथा अभिनन्दन कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले समाज विकासका पक्षमा साझा संकल्प आवश्यक हुने धारणा राख्नुभयो । उहाँले राजयोग, साधना र दिव्य प्रवचन सहितका कार्यक्रमले मानवीय मूल्य मान्यताको विकास गरी सकरात्मक संकल्प र कर्मबाट खराब आचरण त्याग्न सकिने बताउनुभयो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रमका संयोजक एवम् ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पाल्पा क्षेत्रका सचिव ब्रह्मकुमार भानुप्रकाश पौडेलले प्रवचनहल, आधारभूत पूर्वाधारसहित ५ करोडको लागत अनुमानमा भवन निर्माणको संकल्प रहेकोले भवन निर्माण सहजताको लागि स्थानीय सहजीकरण आवश्यक हुने बताउनुभयो । उहाँले समाजमा सकरात्मक सोच, तनाव व्यवस्थापन र ईश्वरीय ज्ञान प्रवाह गर्न र वृहत कार्यक्रमसहित पाल्पाको पर्यटकीय विकासमा समेत पूर्वाधार निर्माणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव हरि नेपाल, इतिहासविद् निर्मल श्रेष्ठ, सामाजिक अभियन्ता शुकदेव खनाल, भैरहवा शाखाबाट ब्रह्मकुमार भुवन, बह्मकुमारी कमला लगायतले विचारको शुद्धिकरणले मन शुद्धिकरण हुने भन्दै जीवन सहज र सार्थक बनाउन ईश्वरीय ज्ञान आवश्यक हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवा, रामपुर, मदनपोखरा, गुल्मी, रुपन्देही लगायतका क्षेत्रबाट उल्लेख्य सहभागिता रहेको थियो । बगनासकाली गाउँपालिका वडा नं. १ चिर्तुङ्गधारामा रामप्रसाद ढुंगाना, शम्भु ढुङ्गानासहित चारजना ढुङ्गाना पहिवारले ५ रोपनी जग्गा भवन निर्माणको लागि प्रदान गर्नुभएको छ । समारोहमा जग्गा प्रदान गर्ने दाताहरूलाई अभिनन्दन गरिएको थियो ।

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पाल्पा क्षेत्रकी सञ्चालिका प्रेमा दिदीको अध्यक्षतामा चलेको कार्यक्रमको सञ्चालन रामपुर शाखाकी सञ्चालिका ब्रह्माकुमारी सरस्वतीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com