कबिता: नारी शक्ति
कबिता : नारी शक्ति
उसको ओठको लालिमा कमजोरी देख्नेहरु
उसको आखाको गाजलमा कमजोरी देख्नेहरु
उसको सिन्दुरमा कमजोरी देख्नेहरु
उसको नाडिका चुरामा कमजोरी देख्नेहरु
तिनिहरु कमजोर हुन,
उ होइन!
तिमि चाहे सिंदुरको कुरा गर
गाजल,टीका वा चुराका
यि त सब बन्धन मात्र हुन
बर्शौ देखि थुपारिदिएका बोझ मात्र हुन
तिमिलाइ यो समाजले
धेरै परिभाषा थमाइदिएको छ
यी सबै बन्धनहरु मान्नु पर्ने
यी सबै अन्याय हरु सहनु पर्ने
मानिरहनु पर्ने,सहिरहनु पर्ने
मानौ एक पिन्जडाको चरी जस्तै
अब तिमिले, तिम्रो परिभाषा
आफै बदल्नु पर्छ
तिम्रो इतिहास तिमिले
आफै लेख्नु पर्छ
तिमी आफै बोल्नु पर्छ दुनियाको सामु
पिठ्युमा बच्चा बोक्ने पनि नारी हुन
टाउकोमा भारी बोक्ने पनि नारी हुन
काधमा बन्दुक बोक्ने पनि नारी नै हुन
तिमी अझै बोल्नु पर्छ
नारी कमजोर होइन
नारी अजय शक्ति हुन ।।
लेखक: विशाल दर्लामी
सन्दर्भ :अन्तरास्ट्रिय श्रमिक महिला दिवस