2

Logo २०८३ बैशाख १३ आइतबार
शुक्रबारदेखि पाल्पाको रामपुरमा “राष्ट्रिय महिला भलिबल प्रतियोगिता” शुरु

शुक्रबारदेखि पाल्पाको रामपुरमा “राष्ट्रिय महिला भलिबल प्रतियोगिता” शुरु

प्रतियोगिताको तयारी पुरा

Sabalnews प्रकाशित मिति : बिहिबार, फाल्गुन १७ २०८०
1K

पाल्पा ।

शुक्रवार देखि प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता पाल्पाको रामपुरमा शुरु हुदैछ । प्रतियोगिताको तयारी पूरा भएको जिल्ला भलिबल संघ पाल्पाले जनाएको छ ।

त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ गरी ३ वटै विभागीय टिम र सातै प्रदेशका टिम गरी १० टिमको सहभागिता रहनेछ ।

फागुन १८ देखि २४ गते सम्म सञ्चालन हुने प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता रामपुरको रामतुलसी माबिको खेल मैदानमा हुनेछ ।

जिल्ला भलिबल संघ पाल्पाको आयोजना, लुम्बिनी प्रदेश खेलकुद परिषद्को प्रवर्द्धन, जिल्ला खेलकुद विकास समिति पाल्पा र प्रदेश भलिबल संघ लुम्बिनीको समन्वय, रामपुर नगरपालिकाको संरक्षणमा हुने प्रतियोगितालाई पाल्पा रामपुरको पर्यटन प्रवर्द्धन र खेलकुदको विकासका रुपमा हेरिएको जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङले बताउनुभयो । खेल मैदान निर्माण गरिएको छ, दर्शकलाई हेर्न सहज बनाउन प्याराफिट निर्माण गरिएको छ गुरुङले भन्नुभयो- व्यबसायिक खेलकुदको बिकास र राष्ट्रिय खेल भएकोले स:शुल्क रुपमा हेर्ने व्यबस्था आयोजकको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख ५० हजार, द्दितियले नगद १ लाख ५० हजार, तृतीयले नगद ७५ हजार र सान्त्वनाले नगद ३५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न् ।
सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार,५ बिधामा उत्कृष्ट खेलाडी १० हजार, प्रत्येक म्याचको म्यान अफ द म्याच पुरस्कार प्रदान गर्ने जिल्ला भलिबल संघ पाल्पाका सदस्य कमल रानाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com