2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुरमा एकदिने शिविरमा झण्डै हजार जनाले लिए सेवा

रामपुरमा एकदिने शिविरमा झण्डै हजार जनाले लिए सेवा


Sabalnews प्रकाशित मिति : बिहिबार, फाल्गुन १७ २०८०
1.2K

पाल्पा ।

पाल्पाको रामपुरमा चलेको एक दिने शिबिरमा झण्डै १ हजार जनाले स्वास्थ्य जाच गराएका छन् ।

सुशील कोईराला स्मृति प्रतिष्ठानको आयोजना, रामपुर नगरपालिकाको सहआयोजना, काठमाडौं मेडिकल कलेजको प्राबिधिक सहयोग तथा कालीगण्डकी फाउण्डेशन नेपालको समन्वयमा विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य जाच सेवा दिइएको छ ।

शिबिरमा पाल्पा स्याङ्जा सहित तनहुँ जिल्लाका नागरिकले स्वास्थ्य जाच गराएका हुन् । शिबिरमा ९ सय ५३ जनाले प्रत्यक्ष सेवा लिएका छन् । सेवाका हिसाबले झण्डै २३ सयले बिबिध सेवा लिएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिनुभयो ।

शिबिरमा भिडियो एक्सरे, स्त्रीरोग, छाला तथा यौनरोग, बालरोग, नाक कान घाटी, दन्त सेवा, हाडजोर्नी तथा ल्याब सेवा, मुटु सम्बन्धि जाच र निशुल्क औषधि बितरण गरिएको थियो ।

एकदिने शिबिरमा कालीगण्डकी क्षेत्रका विभिन्न स्थानबाट नागरिक सेवा लिन आएका थिए ।

सुशील कोइराला स्मृति प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष तथा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले स्वास्थ्य शिबिरको उद्घाटन गर्नुहुदै नेपाली काङ्ग्रेसका नेता तथा सन्त र सादगी नेता सुशील कोईरालाको स्मृतिमा प्रतिष्ठानले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा स्वास्थ्य शिबिर सेवा संचालन गरेको र यसले आम गाउँका बिरामीले स्वास्थ्य सेवा पाउने बताउनुभयो । उहाँले शिबिरबाट राम्रो सेवार धेरै किसिमका समस्या र रोगको जाच परामर्श हुने भएकोले आम नागरिकलाई फाईदा पुगेको बताउनुभयो ।

काठमाडौं मेडिकल कलेजका सञ्चाकल तथा संघिय साम्सद माननीय डा.सुनिल शर्माले सुशील कोईरालाको स्मृतिमा नागरिकको स्वास्थ्य जस्तो संवेदनशिल बिषयमा सेवा निकै महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले शिबिरमा जटिल भेटिएका बिरामीको काठमाडौं मेडिकल कलेजले निशुल्क उपचार गर्ने बताउनुभयो । त्यसका लागि फागुन २८ मा kmc मा आउन बिरामीलाई आग्रह गर्नुभएको छ ।

शिबिर शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, वीर बहादुर राना, निमा गिरी, कालीगण्डकी फाउण्डेशनका सल्लाहकार सन्दिप रानाले प्रतिष्ठानले रामपुरमा चलाएको शिबिरबाट धेरै फाइदा पुगेको बताउनुभयो ।

रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले नगरपालिकाले बिरामीको सेवामा निरन्तर काम गरिरहेको बताउदै शिविरबाट जटिल बिरामीलाई काठमाडौं जानू परे नगरले सहयोग गर्ने बताउनुभयो । कालीगण्डकी फाउण्डेशन नेपालले यसको समन्वय गर्नेछ ।

कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकठ्ठ भन्डारीको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com