2

Logo २०८३ बैशाख १३ आइतबार
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पाल्पाको रामपुरमा हुदैं

राष्ट्रिय महिला भलिबल प्रतियोगिता पाल्पाको रामपुरमा हुदैं


Sabalnews प्रकाशित मिति : बिहिबार, फाल्गुन १० २०८०
785

पाल्पा ।

पाल्पाको रामपुरमा राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुन लागेको हो ।

जिल्ला भलिबल संघ पाल्पाको आयोजना तथा प्रदेश र जिल्लाका खेलकुद संस्थाहरुको समन्वयमा आगामी फागुन १८ गते देखि २४ गतेसम्म प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा सात वटै प्रदेश सहित तीन वटा विभागिय टिम गरी १० टिमको सहभागीता रहने जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । रामतुलसी नमुना माध्यमिक विद्यालयको खेल मैदानमा खेल हुने भएपछि यसको तयारी थालिएको छ ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्त्वना समुहले क्रमश नगद १ लाख ५० हजार, १ लाख ५० हजार, ७५ हजार र ३५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । संघियतापछि लुम्बिनी प्रदेशमा राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता हुन लागेको हो । राष्ट्रिय स्तरको प्रतियोगिता भएकोले यसको तयारी सोही अनुसार गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता जिल्ला भलिबल संघको आयोजना, नेपाल भलिबल संघको संयोजन, लुम्बिनी प्रदेश सरकारको प्रवद्र्धन तथा प्रायोजन, जिल्ला खेलकुद विकास समितिको समन्वय, रामपुर नगरपालिकाको संरक्षण र रामपुर उद्योग वाणिज्य संघको प्रवद्र्धनमा हुन लागेको हो । स्थानीय सहयोगी संस्थाहरुमा रामपुर नगर खेलकुद विकास समिति रामपुर र रामपुर नगर भलिबल संघ पनि रहेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com