2

Logo २०८३ बैशाख १४ सोमबार
बगनासकाली गाउँपालिकाको सार्वजनिक सुनुवाई सकियो, पुजीगत तर्फ १४.४३ र चालू तर्फ ३९.९७ प्रतिशत काम सम्पन्न

बगनासकाली गाउँपालिकाको सार्वजनिक सुनुवाई सकियो, पुजीगत तर्फ १४.४३ र चालू तर्फ ३९.९७ प्रतिशत काम सम्पन्न


Sabalnews प्रकाशित मिति : मंगलबार, फाल्गुन १ २०८०
330

पाल्पा ।

बगनासकाली गाउँपालिकाको सेवा प्रवाह र विकास गतिविधिका विषयमा सार्वजनिक सुनुवाई भएकाे छ ।

बगनासकाली पत्रकार समूहको सहजीकरणमा भएको सुनवाई कार्यक्रममा बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले आर्थिक पारदर्शीता,सुशासन सहितको सेवा प्रवाहमा जोड दिएको बताउनुभयो । उहाँले जनता संग जोडिएको सरकार स्थानीय सरकार भएकोले बगनासकालीका नागरिकसंग जवाफदेही भएर काम गरेको बताउनुभयो ।

उपाध्यक्ष हरिप्रसाद पाठकले पालिकाको समग्र विकासका साथै गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिने बताउनुभयो । उहाँले काम गर्ने क्रममा केहि समस्या भए तत्काल सुझाव राख्न आग्रह गर्दै बगनासकाली गाउँपालिकाको सुशासन वृद्धिका विषयमा सघाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले यो वर्ष पालिकाले गरेका कामको प्रतिवेदन प्रस्तुत गर्दै यो वर्ष २६० वटा योजना सम्झौता भइ काम भएको उल्लेख गर्नु भएको छ । यो अवधिमा ६० बढी योजना सम्पन्न भएको बताउदै पुजीगत तर्फ १४.४३ र चालू तर्फ ३९.९७ प्रतिशत काम सम्पन्न भएको जानकारी गराउनु भएको थियो । उहाँले सेवा प्रवाहमा कुनै कमि हुन नदिने बताउनु भएको थियो ।
उहाँले प्रशासन र सुशासनका विषयमा उठेका सवालको जवाफ दिनुभएको थियो ।

सुनुवाई कार्यक्रममा नेकपा एमालेका ढकेश्वर बस्याल, नेपाली कांग्रेसका गणेशप्रसाद बस्याल, नेकपा माओवादीका खुमबहदुर बिक, जनता समाजवादीका खिक बहादुर रेश्मी, पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमुर्ति तिमिल्सिना,रामप्रसाद ढुङ्गाना,श्री बहादुर कुवर, कुल प्रसाद ढुंगाना लगायतले खानेपानी मोटर बाटो बिजुली शिक्षा र स्वास्थ्य , दिवा खाजामा रकम कटौती  ? कर जनतालाई सास्ती लगाएतका विषयमा प्रश्न राख्नुका साथै आर्थिक व्यवस्थापन चुस्त दुरुस्त हुनुपर्ने सुझाव राखेका थिए ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले जनताले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने बताउनु भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रमको नागरिक अभिमत र बहिर्गमनको प्रतिवेदन बगनासकाली पत्रकार समूहका सचिव दयाराज न्यौपानेले प्रस्तुत गर्नुभएको थियो ।

जनप्रतिनिधि,कमर्चारी,सेवाग्रही,पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूकाे सहभागीता रहेकाे सार्वजनिक सुनुवाईको सहजीकरण बगनासकाली पत्रकार समूहका अध्यक्ष भोजराज तिमिल्सिना र उपाध्यक्ष नेत्र गैरेले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com