पाल्पामा जिप दुर्घटना ७ को मृत्यु ८ घाइते
पाल्पा ।
पाल्पाको तिनाउ गाउँपालिका ५ मस्यामको चिदिसमा जिप दुर्घटना भएको छ । जीप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बिच भागमा साझ दुर्घटनामा परेको हो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको स्थानीयले जानकारी दिएका छन् ।
प्रहरी र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएका छन् । मृतक र घाइतेको पहिचान भईसकेको छैन । विस्तृत विवरण आउन बाँकी छ ।