2

Logo २०८३ बैशाख १३ आइतबार
चापाकोट महोत्सवमा अपाङ्गता भएका व्यक्तिलाई निशुल्क प्रबेश

चापाकोट महोत्सवमा अपाङ्गता भएका व्यक्तिलाई निशुल्क प्रबेश


Sabalnews प्रकाशित मिति : आइतबार, माघ २८ २०८०
1K

स्याङ्जा ।

स्याङ्जाको सुन्दर नगरी चापाकोटमा हुने “दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला” २०८० मा अपाङ्गता भएका व्यक्तिलाई प्रवेश निःशुल्क हुने भएको छ।

“हाम्रो शान हाम्रो मान,सुन्दर नगर हाम्रो पहिचान”भन्ने मुल नाराका साथ फागुन ३ देखि १३ गतेसम्म चापाकोट नगरपालिका ९ गंगालाल माविको खेलमैदानमा महोत्सव हुन गईरहेको छ ।

महोत्सवलाई अपाङ्गता मैत्री बनाउने बिषयमा चापाकोट उद्योग वाणिज्य संघले यो निर्णय लिएको संघका अध्यक्ष निर्मल राना मगरले जानकारी दिनुभयो । मेला महोत्सव रमाइलो र नयाँ कुरामा जिज्ञासा अपाङ्गता हुनेको बढी हुने तर अपाङता समुदाय हुलचुलमा जान असहज हुने र अधिकांश आर्थिक जुटाउन गार्हो हुने हुँदा सबैलाई सहज र सम्मानको लागि समन्वय गरिएको चापाकोट अपाङ्ग संघकी अध्यक्ष सुनिता थापाले बताउनुभयो।

अपाङ्गता भएका व्यक्ति पनि राज्यका नागरिक हुनुका साथै उनीहरुले पनि अरु नागरिक बराबर सहभागिता जनाउन पाउनुपर्ने आवाज बेलाबेला उठेपनि नेपालको भौतिक अबस्था र हेलचेक्र्‍याईले पहुँच बाहिर छन् ।

अपाङ्गता भएका ब्यक्तिहरु महोत्सवमा जान सक्ने र सजिलोसँग बस्ने खालको ब्यबस्थापन गर्न समेत थापाले आयोजकलाई अनुरोध गर्नुभएको छ। अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो अपाङ्गता परिचय पत्र साथमा लिएर महोत्सव हेर्न आउन अध्यक्ष थापाले आग्रह गर्नुभयो ।अपाङ्गता परिचय पत्रको आधारमा महोत्स प्रवेश निःशुल्क गरिएको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com