2

Logo २०८३ बैशाख १४ सोमबार
वसन्त पन्चमी पारेर पाल्पामा खुला भजन प्रतियोगिता हुदै

वसन्त पन्चमी पारेर पाल्पामा खुला भजन प्रतियोगिता हुदै


Sabalnews प्रकाशित मिति : बिहिबार, माघ २५ २०८०
1.3K

पाल्पा ।

नेपाली लोकभजनको उत्थान र सस्कृति जोगाई राख्न पाल्पाको रामपुरमा खुुल्ला लोक भजन प्रतियोगिता हुने भएको छ ।

रामपुर भजनकृतन मण्डलीको आयोजना तथा रामपुर नगरपालिका ६ नम्वर वडा कार्यालयको आर्थिक सहयोगमा वसन्त पञ्चमीको अबसर पारेर आगामी फागुन २ गते प्रतियोगिता राखिएको भजनकृतनमण्डलीका अध्यक्ष टिकाराम ढकालले जानकारी दिनुभयो।

पाल्पा सहित छिमेकी स्याङ्जा तनहुँ लगायत गण्डकीबेशीका जिल्लाका भजन समाबेश गर्ने गरि आयोजना गरिएको हो । विशेष हिन्दु सस्कारमा रहेका भजन प्रचलनमा रहेपनि पछिल्लो पुस्तामा हस्तान्तरण र सिकाईको लागि प्रतियोगिता राखिएको अध्यक्ष ढकालले बताउनुभयो । ढकाल पुराना भजनीया टोलीको नेतृत्व गर्नुहुन्छ । उहाँले ३ बर्ष अघि आफू संगैका भजनका टोली यस क्षेत्रका भजन कृतन गर्नेहरुलाई समेटेर रामपुर भजनमण्डलीको स्थापना गर्नुभएको थियो ।

यसभेगमा पुजाआजा, पर्व र खुशीयालीमा व्यक्तिगत घर घरमा र सामुहिक रुपमा सस्थाहरुले भजन गाउने नाच्ने बाक्लो प्रचलन छ । पहिलेदेखि नै गाउँघरमा चलिरहेको यो परम्परा सस्कृति जोगाउन, पछिल्ला पुस्तामा आकर्षण गराउन र प्रतिस्पर्धाले अझ आकर्षक बनाउन प्रतियोगिताको आयोजना गरेको भजन टोलीका कमल ढकालले बताउनुभयो ।

देवीदेवताका स्तुति र समसामयिक प्रचलनलाई समेटेर भजन गाइन्छ । गाउँघरमा परम्परादेखि नै चलिआएका यस्ता सँस्कृतिको जगेर्ना र संरक्षण गर्न रामपुर नगरपालिका वडा नम्बर ६ ले यस आर्थिक वर्षमा एक लाख ५० हजार रकम विनियोजन गरेर सहयोग गरेको छ । कला सस्कृति संरक्षणमा वडाले सहयोग गरेपछि भजनमण्डलीले काम गर्न थप हौसिएको छ । स्थानीय तहको सहयोगले गतिविधि गर्न र अन्य भजन सस्कृतिलाई पनि जोड्न सकिएको लोक भजन टोलीको भनाई छ ।

रामपुर नगरपालिका ६ का वडाध्यक्ष दिवाकर देवकोटाले वडाले वडाभित्रका सबै क्षेत्र समेटिने गरि रकम बिनियोजन गरेको बताउनुभयो । धेरै जना जेष्ठ नागरिक र केही पछिल्लो पुस्ताले धानेको सस्कृती जोगाउन सक्रिय मण्डलीलाई सहयोग गरेको उहाँको भनाई छ ।

यही फागुन २ गते हुने भजन प्रतियोगिता सफल बनाउन सहयोग गर्न समितिले सबैमा आग्रह गरेको छ । समितिले मौलिक नेपाली भाषामा सस्कृति हुनुपर्ने, लोक बाजाको पेअयोग हुनुपर्ने, एक समुहमा बढीमा ७ जना हुनुपर्ने, प्रस्तति १५ मिनेट समयावधि रहने गरि सबै क्षेत्रमा सुचना गरेको छ ।

प्रतियोगितामा टिम दर्ता भने निःशुल्क छ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमश: नगद १५ हजार, १० हजार, पाँच हजार र दुई हजार पाँच सय रुपैयाँ र प्रमाण पत्र पुरस्कार पाउनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com