2

Logo २०८३ बैशाख १३ आइतबार
लायन्स क्लब अफ रामपुरको स्थापना दिवस मधुमेह परिक्षण

लायन्स क्लब अफ रामपुरको स्थापना दिवस मधुमेह परिक्षण


Sabalnews प्रकाशित मिति : सोमबार, माघ २२ २०८०
722

पाल्पा ।

लायन्स क्लब अफ रामपुर पाल्पाले स्थापना दिवस मधुमेह परिक्षणको आयोजना गरि मनाएको छ ।

रामपुरमा लायन्स क्लब स्थापना भएको ९ बर्ष पुगेको अवसरमा बेझाड बजार तल्लो चोकमा निःशुल्क मधुमेह परीक्षण (blood sugar free checkup camp)को आयोजना गरि लायन्स क्लबले स्थापना दिवस मनाएको हो ।

सुगर परिक्षण गर्नुहुदै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जब नेपालमा दु:ख आइलाग्छ, समस्या पर्छ बिपद् आउँछ तब लायन्स सक्रियपुर्वक काम गर्दै आएको बताउनुभयो । नेपालका धेरै आपतकालीन अबस्थामा लायन्सले मलमपट्टी लगाउने काम गरेको थापाले बताउनुभयो ।

लायन्स कल्ब अफ रामपुरका सस्थापक अध्यक्ष लायन भोजेन्द प्रकाश ढकालले लायन्सले रामपुर क्षेत्रमा सामाजिक हितमा काम गरेको उल्लेख गर्दै सामाजिक भावनाले लायन्सले सेवा दिदै आएको उल्लेख गर्नुभयो । निवर्तमान अध्यक्ष बिष्णु प्रसाद बस्यालले लायन्समा आवद्ध भएर गरिने सामाजिक कार्यले कसैको जिवनमा सघाउ पुर्‍याउने र आत्मसन्तुष्टि हुने बताउनुभयो ।

क्लबका प्रथम उपाध्यक्ष रामप्रसाद ढकालको स्वागत तथा सञ्चालनमा भएको कार्यक्रम ११५ जनाको मधुमेह जाछ गरिएको अध्यक्ष खेम नारायण काफ्ले (अमृत) ले जानकारी दिनुभयो । बजार तल्लोचोकमा साना गाडी सञ्चालन क्षेत्र र आम बजार आउने नागरिकलाई मध्यनजर गर्दै राखिएको मधुमेह परिक्षण कार्यक्रमबाट विशेष गरि गाडीका चालक आम नागरिकले सेवा पाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com