पिडामा मलम लगाउदै मेरो माइक्रोफाइनान्स
पाल्पा ।
पाल्पाको रम्भा गा.पा वडा नं. १ स्थित मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमीटेड शाखा कार्यालय रम्भा पाल्पाले कर्जा मिनाहा तथा सुबिधा हस्तान्तरण गरेको छ ।
शाखाले संचालन गर्दै आएको केन्द्र नं.०३ मेरो दुर्गादेबी महिला केन्द्र साठीकी सदस्य डमा कुमारी कार्कीलाइ कर्जा मिनाहा तथा सुबिधा रकम हस्तान्तरण गरेको हो । कार्कीका श्रीमान ज्ञान बहादुर कार्कीको बिरामी भई मृत्यु भएकोमा परिवारको पिडामा मलम लगाउन सकीयोस भन्ने उदेश्यले ग्राहक संरक्षण कोष अन्तरगत कर्जा मिनाहा तथा सुबिधा तिन लाख रुपैया हस्तान्तरण गरेको शाखा कार्यालय रम्भाका प्रबन्धक सन्दीप रेग्मीले जानकारी दिनुभयो ।
कार्यक्रममा सदस्यलाई चेक हस्तान्तरण गर्दै रम्भा गा.पा.वडा नं. १ का कार्यबाहक वडा अध्क्षय खेमानन्द अधिकारीले संस्थाले गरेको सह्रानिय कार्यप्रति सहभागीले धन्यवाद प्रकट गर्दै संस्थाले रम्भाबासीहरुलाई आर्थीक तथा सामाजिक कार्यमा सहयोग पुर्याएको बताउनुभएको थियो ।