तेस्रो तनहुँ सेवा समाज भलिबल कपको उपाधि पाल्पा भलिवल युनाईटेडलाई
युएई ।
दुबईमा तनहुँ सेवा समाजको आयोजनामा भएको तेस्रो तनहुँ सेवा समाज भलिबल कपको उपाधि पाल्पा भलिबल युनाइटेडले हात पार्न सफल भएको छ ।
नेपालीहरुको विभिन्न १९ टिम सहभागी भएको भलिवल कप प्रतियोगितामा उपाधि जित्न सफल पाल्पा भलिबल युनाईटेडले ५ हजार दिराम सहित टर्फी र मेडल हात पारेको टिम संयोजक राजेश गैरेले जानकारी दिनु भयो । दोस्रो हुने हातेमालो संस्था युएईले ३ हजार दिराममा चित्त बुझाएको छ ।
आयोजक तनहुँ सेवा समाजको २ टिम सहभागी खेलमा सेमिफाइनलमा पुगेको आयोजक टिम तनहुँ सेवा समाज युएईले सान्त्वना पुरस्कार १ हजार दिराम टर्फि र मेडल हात पार्न सफल भएको छ ।
खेलमा विधागत तर्फ बेस्ट टिम कोच पाल्पा भलिबल युनाइटेडका लोकेस ठकुरी, बेस्ट पेल्यर पाल्पा भलिबल युनाईटेडका पेर्म बहादुर भन्डारी, बेस्ट बल्करमा पाल्पा भलिबल युनाईटेडका योगेन्द साउद, बेस्ट लिबिरो तर्फ पाल्पा भलिबल युनाईटेडकै सन्तोस गुरुङ र बेस्ट सर्भर तर्फ हातेमालो संस्थाका बिकास परियार र बेस्ट कुईकर पनि हातेमालो संस्थाकै दिनेश सुनार हुन सफल भएका छन् ।