2

Logo २०८३ बैशाख १३ आइतबार
जन्मेको छोरीलाई गुल्मीको कालिगण्डकी गाउँपालिकाले १० हजार बचत गरिदिने

जन्मेको छोरीलाई गुल्मीको कालिगण्डकी गाउँपालिकाले १० हजार बचत गरिदिने


Sabalnews प्रकाशित मिति : बुधबार, माघ १० २०८०
596

गुल्मी ।

गुल्मीको कालीगण्डकी गाउँपालिकाले छोरी जन्मे छोरीको खातामा १० हजार रुपियाँ जम्मा गरिदिने नीति ल्याएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाले पालिका भित्र छोरी जन्मिएमा छोरीको खाता खोलेर १० हजार रुपियाँ जम्मा गरिदिने नीति लिएको गाउँपालिकाले जनाएको छ ।

अहिले छोरीको खाता खोलेर अक्षयकोषको रुपमा १० हजार राखिदिने र उसको खाता रोक्का गरिदिने गरी योजना बनाएको स्वास्थ्य शाखाका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

अहिले राखिदिएको १० हजार रुपियाँबाट १५ वर्षपछी छोरीको नागरिकता बन्दा करिब ४० हजार रुपियाँ पुग्ने भएकाले उच्च शिक्षा हासिल गर्नमा थप टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको छ ।

छोरीको नागरिकता बनेपछी छोरीले उक्त रकम निकाल्न पाउँने भएकाले अन्य परिवारका सदस्यले निकाल्न नपाउने गरी कुमारी बैङकमा खाता खोल्ने र उक्त रकम जम्मा गरिदिने गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com