2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पामा फलामे पुल भाचिदा दुई कामदार घाइते

पाल्पामा फलामे पुल भाचिदा दुई कामदार घाइते


Sabalnews प्रकाशित मिति : शनिबार, माघ ६ २०८०
2.8K

पाल्पा ।

झुम्साखोलामा खानेपानी पाइपका लागि निर्माण गरेको फलामे पुल भाँचिएर शनिबार दुई जना कामदार घाइते भएका छन् ।

फलामै फलामबाट बनेको पुलको तल्लो भागमा राखेको टेका हटाउन नटबोल्ट खोल्दै गर्दा पुल भाँचिएर तिनाउ गाउँपालिका–४, कोलडाँडाका ३९ वर्षीय रनबहादुर गाहा र रौतहटको चन्द्रनिगाहपुर बस्ने २२ वर्षको लक्षु माझी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गाहाको दुबै खुट्टा भाँचिएको र माझीको खुट्टामा चोट पटक लागेकाले उपचारका लागि तत्काल लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही पठाइएको दोभान प्रहरी चौकीका प्रमुख पृथ्वी काफ्लेले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तिनाउ गाउँपालिका वडा नं. ३ र ४ को सीमानामा रहेको झुम्सा खोलामा झुम्सा खानेपानी आयोजनाले बुटवलमा पानी लैजान पाइप बिच्छाउने र अन्य स्ट्रक्चरको काम गरिरहेको छ । निर्माण व्यवसायीको काम र प्राविधिकको लापरवाहीले गर्दा फलामले बनेको पुल नै भाँचिएको स्थानीयले बताएका छन् ।

झुम्साखोलामा बाँध निर्माण, ट्रस्ट पुल निर्माण र पाइप बिछ्याउने काम पछिल्ला दिनमा भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com